News Category 2077/10/24
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन

राजविराज÷प्रतिनिधीसभा बिघटनबिरुद्व नेपाली कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा शनिबार राजविराजमा प्रदर्शन गरिएको छ ।
स्थानीय शिब मन्दिर प्राङ्गणबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः शिब मन्दिर प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नेपाल ट्रेड यूनियन कांग्रेसका जिल्ला अध्यक्ष मनोज मण्डलको अध्यक्षतामा आयोजित कोणसभाका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई तुहाउने किसिमले प्रतिनिधीसभा बिघटन गरेको आरोप लगाए ।
कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति भुवन आचार्य, प्रभुनारायण चौधरी, सभासद सकलदेव सुतिहार, सचिव रामकुमार यादव, नेपाल शिक्षक संघका केन्द्रीय पदाधिकारी पर्शुराम यादव, नेपाल शिक्षक महांघका जिल्ला अध्यक्ष दिनेश यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
बिरोध प्रदर्शनमा पार्टीका शुभेच्छुक संस्थाहरु नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघm नेपाल निजामति कर्मचारी यूनियन, नेपाल सांस्कृतिक संघ, प्रशासन, व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस यूनियन, त्रिुभुुवन विश्वविद्यालय प्रजातान्त्रिक कर्मचारी संघ, प्रजातान्त्रिक वन कर्मचारी संघ नेपाल, नेपाल उमात संघ, लोकतान्त्रिक नेवाः खस, डमोक्रेटिक एग्रीकल्यारिस्ट एशोसिएशन नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ