News Category 2077/10/24
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
राजविराज÷प्रतिनिधीसभा बिघटनबिरुद्व नेपाली कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा शनिबार राजविराजमा प्रदर्शन गरिएको छ ।
स्थानीय शिब मन्दिर प्राङ्गणबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः शिब मन्दिर प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नेपाल ट्रेड यूनियन कांग्रेसका जिल्ला अध्यक्ष मनोज मण्डलको अध्यक्षतामा आयोजित कोणसभाका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई तुहाउने किसिमले प्रतिनिधीसभा बिघटन गरेको आरोप लगाए ।
कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति भुवन आचार्य, प्रभुनारायण चौधरी, सभासद सकलदेव सुतिहार, सचिव रामकुमार यादव, नेपाल शिक्षक संघका केन्द्रीय पदाधिकारी पर्शुराम यादव, नेपाल शिक्षक महांघका जिल्ला अध्यक्ष दिनेश यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
बिरोध प्रदर्शनमा पार्टीका शुभेच्छुक संस्थाहरु नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघm नेपाल निजामति कर्मचारी यूनियन, नेपाल सांस्कृतिक संघ, प्रशासन, व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस यूनियन, त्रिुभुुवन विश्वविद्यालय प्रजातान्त्रिक कर्मचारी संघ, प्रजातान्त्रिक वन कर्मचारी संघ नेपाल, नेपाल उमात संघ, लोकतान्त्रिक नेवाः खस, डमोक्रेटिक एग्रीकल्यारिस्ट एशोसिएशन नेपालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ