News Category 2077/10/25
नवनियुक्त मिडिया काउन्सिल र संचार प्राधिकरणका अध्यक्षद्वय सम्मानित
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रदेश २ का नवनियुक्त मिडिया काउन्सिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराई र संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेको छ ।
शाखाका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुबै जनालाई सम्मान गरिएको हो ।
शाखाका अध्यक्ष जितेन्द्र खडगाले सप्तरीका समग्र पत्रकारहरुले गरेको योगदानको कदर गरेकोमा प्रदेश सरकारप्रति आभार व्यक्त गरे ।
सो अवसरमा महासंघका उपाध्यक्ष सुधा देव, महासंघ प्रदेश समितिका सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साह, पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, धनुषका पत्रकार श्यामसुन्दर शशी लगायत संचार माध्यममा कार्यरत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
सम्मानित हुने भट्टराई महासंघका संस्थापक अध्यक्ष हुन् भने यादव महासंघ सप्तरीको उपाध्यक्ष हुन् । भट्टराई र यादवलाई विहिवार प्रदेस सरकारले मिडिया काउन्सिल र संचार प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ