News Category 2071/02/23
कपडा व्यापारी दम्पत्तिको विभत्स हत्या
दैनिक संवाददाता
राजविराज २२ जेठ ।
सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा बुधबारराति एक कपडा व्यापारी दम्पत्तिको विभत्स तरीकाले आफ्नै घरमा हत्या भएको छ ।
हनुमाननगर गाविस वडा नं. ५ घर भएका ५५ वर्षिय प्रेमसुद वेगवानी र उनको श्रीमती अन्दाजी ४५ वर्षिया सरोजदेवी वेगवानीको बुधबारराति अज्ञात व्यक्तिहरुले टाउँको र घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार राति १० बजे छिमेकी घरबाट प्रवचन सुनेर प्रेमसुद आफ्नो घरमा प्रवेश गरेका थिए । त्यसपश्चात् बिहीबार बिहान ९ बजे दुध दिन आएका व्यक्तिले ढोका ढकढकाएपछि कोही पनि नआएकोले स्थानीयहरु मध्ये एकले भ¥याङ्ग लगाएर छतमाथी चढेर हेर्दा ढोका खुलेको र उनीहरु दुबैको लाश तल खाटमुनी छरिएको थियो ।
घटनाको बिरोधमा बिहीबार दिनभर हनुमाननगर बजार बन्द गरिएको छ भने स्थानीयहरुले प्रहरी प्रशासनको लापरवाहीले घटना भएको आरोप लगाएका छन् ।
केही दिनदेखी घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए । उनीहरुको दुई छोरा अध्ययनका लागि भारतको बेगलोरमा रहेका छन् ।
घटनास्थल भन्दा करिब १०० को दुरी मात्र इलाका प्रहरी कार्यालय हनुमाननगर रहेको छ । यता प्रहरीले घटनासम्बन्धी छानबिन सुरु गरिसकेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
स्थानीयहरुले घटनाको उच्चस्तरिय टोलीबाट छानबिन गर्नुपर्ने माग गर्दै प्रहरीलाई लाश उठाउन दिएका छैनन् । हत्या भएको स्थानमा प्रहरीले नाकाबन्दी गरेको छ । बिहीबार साँझ धरानबाट तालिम प्राप्त कुकुर आएपछि घटनाको थप अनुसन्धान थालिने प्रहरी उपरिक्षक अमात्यले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ