News Category 2077/10/25
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन प्रधानमन्त्रीको पुतला दहन
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक निर्णयविरुद्ध आइतबार राजविराजमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरबाट निस्केको बिरोध जुलुश बजार परिक्रमा गर्दै स्थानिय नेता चौकमा प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।
पुतला दहन पश्चात् आयोजित बिरोध सभामा वक्ताहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम अलोकतान्त्रिक भएको भन्दै सो कदम नसच्याए आन्दोलनबाटै संसद पुर्नवहाली गर्ने चेतावनी दिएका छन् ।
बिरोधसभामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रिय सदस्य रेणु यादव, केन्द्रीय कार्यकारणी समिति सदस्य केशव झा लगायतले बोलेका थिए ।
जसपा नेता रामप्रित यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर समिति अध्यक्ष अमरनाथ झा, रमिला साह, रंजित यादब, गुडु सिँह, लक्ष्मण यादब लगायतले संविधान तथा लोकतन्त्रको मर्यादा विपरित हैकमवादी शैलीमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी देश र जनताको इच्छा विपरित नयाँ निर्वाचनमा गर्न खोजिएको भन्दै बिरोध जनाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उक्त असंबैधानिक कदम अलोकतान्त्रिक र प्रतिगामी भन्दै जसपाले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ