News Category 2077/10/28
संसद विघटनको कदमप्रति चुप लागेर बस्ने अवस्था छैन ः कृष्ण पहाडी

दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
नागरिक समाजका अगुवा तथा अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्रीले चालेको प्रतिनिधिसभा विघटनको कदमप्रति चुप लागेर बस्ने अवस्था नरहेको बताएका छन् ।
मधेशी नागरिक समाजद्वारा मंगलबार राजविराजमा आयोजित देशको समसामयिक राजनीतिक परिस्थिती बारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीमा देखिएको विवादलाई समाधान गर्नुभन्दा पनि आफूले भने अनुसार नहुने देखेपछि प्रधामन्त्रीले प्रतिनिधिसभालाई नै समाप्त पारेको आरोप लगाए ।
कहिले भारतले आफू नेतृत्वको सरकार खसाउन खोजेको भन्ने, कहिले भारतकै गूप्तचर संस्थाका प्रमुखसँग गोप्य भेटघाट गर्ने प्रधामन्त्रीको व्यवहार दोहोरो चरित्रको रहेको उनको भनाई छ ।
ओली नेतृत्वको सरकार जनताको समस्या भन्दा पनि भ्रष्टाचार र कमिशनतन्त्रलाई बढावा दिइएको आरोप लगाउदै उनले कोरोनाका कारण जनता छटपटाइ रहँदा सरकारका मन्त्रीहरुले कात्रोमा पनि कमिशन खाएको व्यापक चर्चाले प्रमाणित गरेको उल्लेख गरे ।
मानवअधिकार शान्ति समाजका अध्यक्ष उत्तम पुडाशैनीले प्रधानमन्त्रीको कदम स्वेच्छाचारी रहेको बताउँदै त्यसका बिरुद्ध आफूहरु जनमत तयार गर्न अभियानमा निस्केको बताए ।
मधेशी नागरिक समाजका अगुवा रामरिझन यादवले कहिलेको अवस्था आउनुको पछाडी प्रमुख दोषि प्रधानमन्त्री केपी ओली रहेको भन्दै नेपाली काँग्रेसले पनि सशक्त प्रतिपक्षिको भुमिका देखाउन नसकेका कारण उनको पनि दोष रहेको टिप्पणी गरे ।
वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलले प्रतिनिधिसभा विघटनको कदम असंबैधानिक र मुलुकको हित विपरित भएकोले यसलाई सच्याउनु पर्नेमा जोड दिए ।
नागरिक समाजका अगुवा बलराम यादव मुलुकको एक भागमा दिपावली र अर्को भागमा ब्ल्याक आउटको तयारी भइरहेको बेला संविधान जारि गर्नु नै प्रतिगमनको सुरुवात भएको बताए ।
वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राध्यापक अमरकान्त झाले पनि प्रतिनिधिसभा विघटनको बिरुद्धमा आफ्नो धारण राखेका थिए । सो कार्यक्रममा जिल्लाका बुद्धिजिवि, प्राध्यापक, विभिन्न पार्टीका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ