News Category 2077/10/28
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न खोजे ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमै उल्लेख नभएको भन्दै प्रधानमन्त्रीले आफ्नो स्वेच्छाधारी रुपले विघटन गरेर तानाशाही बन्न खोजेको आरोप लगाएका छन् ।
असंबैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदम बिरुद्ध बुधबार सप्तरीको महदेवा गाउँपालिका डाढास्थित आयोजित जनप्रदर्शन तथा बिरोधसभालाई सम्बोधन उनले सो आरोप लगाएका हुन् ।
सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संसद भंग भएपछि कामचलाउ सरकार हुनुपर्नेमा अहिले ओली सरकार आफूलाई कामचलाउ सरकार नभन्नुमा राष्ट्रपतिले पनि साथ दिइरहेको आरोप लगाए ।
निर्वाचनको मिति तोकेर मन्त्रीपरिषद् बिस्तार, कर्मचारीको सरुवा, संबैधानिक अंगहरुमा नियुक्तिलगायतका काम गरेर प्रधानमन्त्रीले चुनावको बहानामा मुलुकमा मुठभेढको अवस्था सृजना गरि आपतकालिन घोषणा गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे ।
उनले प्रधानमन्त्रीमा निर्वाचन गर्ने नियत नरहेको भन्दै मुलुकमा उनी निरकुश शासक बन्ने तर्फ अगाडी बढीरहेको आरोप लगाए ।
प्रधानमन्त्री यसरी नै निरकुशताको तर्फ अगाडी बढ्दै जाँदा संघीयता पनि भंग गर्न बेर नलगाउने भन्दै अध्यक्ष यादवले यसप्रति सबै जनता सतर्क रहनु पर्ने बताए । उनले संसद पुर्नस्थापना नभए देश प्रतिगमनतर्फ उन्मुख हुने भएकोले संघीयताको रक्षाका लागि सबैले खबरदारी गर्नु आवश्यक रहेको उल्लेख गरे ।
अयोजित सभामा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, पार्टीकी केन्द्रिय सदस्य रेणु यादव, महदेवा गाउँपालिका अध्यक्ष दिपक यादव, तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त बहरखेर लगायतको उपस्थिति रहेको थियो ।
सोही सभामा विभिन्न पार्टी परित्याग गरि एक सय भन्दा व्यक्ति जसपामा प्रवेश गरेका थिए । प्रवेश गरेकाहरुलाई अध्यक्ष यादवले फुलमाला, गम्छा ओढाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ