News Category 2077/10/29
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही नाकामा खटिएका सशस्त्र प्रहरीको टोलीले ज्यादती गरेको भन्दै बिहीबार स्थानियले बिरोध प्रदर्शन गरेका छन् ।
सशस्त्रका प्रहरी निरिक्षक सुशिल केसीसहित त्यहा खटिएका टोलीले स्थानियहरुसँग ज्यादती गरेको भन्दै प्रदर्शनकारी गरेका हुन् । प्रदर्शनकारीहरुले प्रहरी निरिक्षक केसीसहित सम्पूर्ण टोलीको अन्यत्र सरुवा गर्नु पर्ने माँग पनि गरेका छन् ।
बेल्हीस्थित भन्सार कार्यालयको सुरक्षा समेतका लागि राखिएको बोर्डर सुरक्षा पोष्ट अगाडी बिहानैदेखी प्रदर्शनमा उत्रेका स्थानियले घरायसी प्रयोजनका लागि दुई÷किलो चिनी, खाने तेल लगायतका किराना सामाग्रि ल्याउँदा पनि सशस्त्र प्रहरीले खोसी दिने र दुरव्र्यवहार गर्ने गरेको आरोप लगाएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ का अध्यक्ष सत्यनारायण यादवले घरायसी प्रयोजनका लागि सीमापारी भारतीय बजारबाट दुई÷चार किलो सामान लिएर आउने सर्वसाधारणलाई सशस्त्र प्रहरीले दुःख दिने आरोप लगाए । उनले सेटिङ मिलाएका तस्करहरुलाई भने निर्वाध रुपमा आवत जावत गर्न दिइएको पनि बताए ।
त्यस्तै स्थानिय लिलादेवी यादवले सीमापारी भारतीय बजारबाट किराना तथा पूजाका सामान लिएर आउँदा आफूसँग मासिक २ हजार ५ सय रुँपैया सशस्त्र प्रहरीको घुमुवाले लिने गरेको र एक महिनायता रकम नबुझाएकाले सामान खोसी दुरव्र्यबहार गरेको आरोप लगाइन् ।
भारतीय बजारमा गएर सामान किन्ने आफूहरुको रहर नभएपनि सस्तोमा सामान पाउँदा त्यहा जानु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
यता सशस्त्र प्रहरीका एसपी राजु श्रेष्ठले नाका क्षेत्रमा स्थानियवासीद्वारा हो–हल्ला र प्रदर्शन भएको खबर प्राप्त भएलगत्तै सो बारे बुझ्ने काम भइरहेको र आवश्यक अनुसन्धानपछि सबै सत्यतथ्य सार्वजनिक गरिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ