News Category 2077/11/01
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि
राजविराज÷मुलुकमा विभिन्न सरकार र व्यवस्था परिवर्तन हुँदा पनि दलितहरुको अवस्थामा भने कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्वको सप्तरी तथा पश्चिमको दैलेखबाट शनिबार एकै साथ राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल तथा संयुक्त दलित संघर्ष समिति सप्तरीको अगुवाईमा राजविराज दलितहरुले बृहत प्रदर्शन तथा जनसभा गरेका छन् ।
अभियानका पूर्वी क्षेत्र संयोजक राजेश बिद्रोहीले जनसभालाई सम्बोधन गर्दै दलितलाई सबैले भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आएपनि हालसम्म उनीहरुको पीडा भने कसैले बुझ्न् नसकेको आरोप लगाएका छन् ।
उनले मुलुकका विभिन्न भागमा हालै दलित समुदायमाथी भएका जघन्य अपराध तथा हत्या, हिंसा, बलात्कार, छुवाछुत, विभेदलगायतका घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग समेत गरे ।
प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगामी र फाँसीवादी कदमको संज्ञा दिएका उनले उक्त कदम बिरुद्ध पनि संघर्षमा उत्रन दलित समुदायसँग आग्रह गरे ।
स्थानिय राजरंगशालामा आयोजित जनसभामा हजारौंको संख्यामा आएका दलित समुदायले विभिन्न नाराका साथ नगर परिक्रमा गरेका थिए । कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
अभियानका सप्तरी संयोजक प्रथमलाल रामको अध्यक्षतामा आयोजित जनसभालाई अभियानका अगुवा गंगा सदा, बद्री सदा, ललितादास बिद्रोही, मनोज राउत, भोला पासवान, चन्देश्वर दास, मित्र परियार, सियाराम पासवान, पूर्वसभासद् असर्फी सदालगायतले पनि सम्बोधन गर्दै प्रतिनिधिसभाको पुर्नस्थापना तथा वर्षौदेखी शोसित पीडित दलितको माग पुरा गराउन देशैभरबाट दबाब सृजना गर्न अभियान थालिएको बताएका थिए ।
नागरिकता विहिन दलितहरुलाई अविलम्ब नागरिकताको व्यवस्था, दलितका लागि छुट्टै कानुनी व्यवस्था, पुस्तौदेखी बसोवास गर्दै आएका भूमिको लालपूर्जासहित हकभोगको व्यवस्था, जमिन, सम्पत्ति र पूँजीमाथी हदबन्दी, बाझो रहेका र हदभन्दा बढी रहेको सम्पत्ति जफत गरि गरिब, दलित समुदायमा बितरणको व्यवस्था लगायतको २५ बुँदे मागसहित अपिल पत्र जारि गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ