News Category 2077/11/02
सेवा निवृत अग्रज पत्रकारहरुलाई पेन्सनको व्यवस्था मिलाउने ः मिडिया काउन्सील
दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
प्रदेश २ सरकारद्वारा हालै गठित मिडिया काउन्सील तथा आमसंचार प्राधिकरणले आइतबारदेखी सप्तरीबाट सुझाव संकलन सुरु गरेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भट्टराइले पत्रकारहरुले भोग्नु परिरहेको समस्या तथा सोको समाधान बारे सुझाव लिने कार्यको सप्तरीबाट सुरुवात गरेको बताएका छन् ।
उनले आउँदो दिनमा प्रदेशका ८ वटै जिल्लामा संचार क्षेत्रका समस्या र समाधान बारे सुझाव संकलन गरिने जानकारी पनि दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले लामो समय पत्रकारिता गरि सेवा निवृत भएका अग्रज पत्रकारहरुलाई पेन्सनको व्यवस्था, पत्रिकाहरुको वर्गिकरण, पत्रकार आचारसहिंता लगायतका विषयमा देखिएका कमिकमजोरीमा सुधार गर्नेतर्फ काउन्सील र प्राधिकरणले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोही कार्यक्रममा आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विगतमा भएका मधेश आन्दोलनमा पत्रकारहरुको सकारात्मक सहयोग रहेको भन्दै मिडियालाई अझ सशक्त बनाउन सबैको निरन्तर सहयोग आवश्यक रहेको बताए ।
उनले प्रदेश २ मा संचार क्षेत्रका समस्या गम्भिर रहेको भन्दै तीनको समाधानमा आफूहरु लागिपरेको र त्यसको सुरुवात भएको उल्लेख गरे ।
प्रदेश २ मा सरकारले आफ्नै टेलिभिजन, रेडियो तथा पत्रपत्रिका संचालन गर्ने योजना रहेको बताउँदै उनले यसका लागि पनि आवश्यक सुझाव दिन आग्रह पनि गरे । पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, प्रेस काउन्सीलका पूर्व सदस्य अनिलकुमार अनल, मुरली यादव, देवराम यादव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पूर्व सभापति धिरेन्द्र प्रसाद साह, सल्लाहकार श्रवण देव लगायतले आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ