News Category 2077/11/03
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने बताएका छन् ।
नेपाली काँग्रेस सप्तरीद्वारा सोमबार सदरमुकाम राजविराजमा प्रतिनिधिसभा विघटन बिरुद्ध आयोजित बिरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बिरोधसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका उपसभापति निधीले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई आफुहरुलाई मान्य हुने बताए ।
उनले पाँच वर्षका लागि निर्वाचित सरकारले तीन वर्षमै प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्रीले सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाए ।
मधेश लगायत सिंगै मुलुकको हीतका लागि नेपाली काँग्रेसको विकल्प नरहेको दाबीका साथ नेता निधीले मधेश बिना देश हुँदैन भन्ने काँग्रेस बिना मधेशको कल्याण पनि सम्भव नरहेको उल्लेख गर्दै काँडाको बिरुवा रोप्दा आँप नफल्ने जस्तै कम्युनिष्टलाई जिताएर जनताको पनि कल्याण नहुनुे प्रमाणित भइसकेको बताए ।
उनले गणतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस सदैब त्यसकै पक्षमा रहेको बताउदै मधेस र देश बिकास गर्नको लागि काँग्रेस नेतृत्व आवश्यक रहेको औल्याए ।
कम्युनिष्टलाई बहुमतका साथ जिताउँदा मुलुक र जनताले भोग्नु परेको संकटबाट पाठ सिक्न जरुरी रहेको उनको भनाई थियो । गाडी राम्रो भएपनि चालक कुशल नभए दुर्घटनाको जोखिम बढ्ने बताउँदै मुलुक संचालनमा प्रधानमन्त्री त्यस्तै अनाडी चालक भएका कारण सिंगो मुलुकमा राजनीतिक दुर्घटनाको जोखिम बढेको उनले आरोप लगाए ।
कार्यक्रममा नेकपा, जसपा, राप्रपा लगायत पार्टी परित्याग गरि पाँच सय भन्दा बढी स्थानिय नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई फुलमाला र अबिर लगाई प्रमुख अतिथि निधिले स्वागत गरेका थिए ।
सभाअघि गाउँ गाउँबाट हजारौंको संख्यामा आएका सहभागि नाचगान तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
बजार परिक्रमा पश्चात् राजरंगशालामा काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतमा आयोजित बिरोध सभालाई पूर्वमन्त्री रामकुमार चौधरी हेमराज तातेड, रमणीराम, प्रदेशसभा सदस्यद्वय समिम अन्सारी, गिता यादव, पूर्वसासंद सुबोध पोखरेल, ट्रेड युनियनका अध्यक्ष मनोज मण्डल, मुश्लिम संघका अध्यक्ष फत्तेह मोहम्मद, महासमिति सदस्य बिरबल बिराजी, क्षेत्रीय सभापति किरण भगत, भगवती यादव, महानन्द यादव, बद्रि महात्मान, रामप्रसाद मंडल लगायतले पनि आन्दोलनबाटै प्रतिगमनकारी कदम सच्याउन वर्तमान केपी ओलीको सरकारलाई बाधय पार्ने चेतावनी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ