News Category 2071/02/24
हत्या गरिएका वेगवानी दम्पत्तिको शवयात्रा विभिन्न संघ संस्थाद्वारा हत्याको बिरोध
दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
सप्तरीको हनुमाननगरमा बुधबारराति लुटपाट गर्दै हत्या गरिएका व्यापारी वेगवानी दम्पत्तिको शुक्रबार शवयात्रा निकाल्दै प्रदर्शन गरिएको छ ।
शुक्रबार दिउँसो धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानबाट पोष्टमार्टम गरि ल्याइएको दम्पत्तिको शव हनुमाननगरबाट विभिन्न स्थानहुँदै सदरमुकाम राजविराजमा शवयात्रा गराइएको थियो । सो शवयात्रामा सयौं व्यापारीहरुको सहभागिता रहेको थियो ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधबारराति हनुमाननगर गाविस वडा नं. ५ निवासी ५५ वर्षिय प्रेमसुख वेगवानी र उनको श्रीमती ४५ वर्षिया सरोजदेवी वेगवानीको अज्ञात व्यक्तिहरुले टाउँको र घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।
यसैबीच जनताको शान्ति सुरक्षा र हत्यारालाई कारवाही गर्न माग गर्दै हनुमाननगरका स्थानीय हेमन्त जैनको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ ।
वेगवानी दम्पतीको हत्यारालाई अबिलम्व पत्ता लगाई कारबाही गर्नुपर्ने, हनुमाननगरमा ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालय स्थापना गर्नुपर्ने, अन्यत्र सारिएको सशस्त्र प्रहरी बेसक्याम्पको हनुमाननगरमै पुनःस्थापना गर्नुपर्ने र २४औं घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउनुपर्ने सङ्घर्ष समितिले माग गरेको छ ।
यस्तै मारवाडी सेवा समिति राजविराज सप्तरीले शुक्रबार एक पे्रस वक्तव्य जारि गर्दै कपडा व्यापारी वेगवानी दम्पत्तिको हत्याले समस्त मारवाडी र नागरिक मर्माहत भएको जनाएको छ ।
समितिका अध्यक्ष थानसिंह भंसालीद्वारा जारि वक्तव्यमा जिल्लाको सुध्रिदै गएको शान्ति सुरक्षाको अवस्थालाई चुनौती दिँदै अपराधि तत्वहरुले प्रहरी चौकीको सय मिटर दुरीमा रहेको बजारको मुख्य सडकमा गरेको घटनाले प्रशासनको शान्ति सुरक्षा बारे आम जनतामा नकारात्मक प्रभाव परेको उल्लेख छ ।
सोही विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षाको प्रत्याभूति गराउन स्थानिय प्रशासनसँग जोडदार माग गर्दै यस्तै अवस्था रहयो भने जिल्लाका व्यापारिक, व्यवसायी घरानाको पलयान हुने श्रृखंलाको दोश्रो पाटो शुरु हुने अवस्थालाई नकार्न सकिने स्थिति समेत नरहेको जनाइएको छ ।
विज्ञप्तिमा स्थानिय प्रशासनबाट १५ दिन भित्र घटनाको सत्यतथ्य प्रकाशमा ल्याई अपराधिलाई नियन्त्रणमा नलिए शान्तिपूर्ण आन्दोलनमा ओर्लन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
यसैगरि सप्तरी उद्योग बाणिज्य संघले युवा व्यापारी बागवानी दम्पत्तिको हत्याले सम्पूर्ण उद्योगी व्यापारीहरु मर्माहत भएको जनाइएको छ ।
संघका महासचिव अनन्तलाल साहद्वारा जारि विज्ञप्तिमा यस्ता घटनाको घोर भत्र्सना गर्दै घटनाको सत्यतथ्य पत्ता लगाई हतयारालाई सार्वजनिक गरि कानुनको दायरामा ल्याउन माग गरिएको छ । विज्ञप्तिमा नागरिकहरुको शान्ति सुरक्षाको प्रत्याभूतीको महसुस गराउन सम्बन्धित पक्षसँग अपिल गरिएको छ ।
यस्तै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादवले हत्या गरिएका वेगवानी दम्पत्ति परिवारप्रति सम्वेदन प्रकट गर्दै अपराधिहरुलाई अविलम्ब पत्ता लगाई कारवाही गर्न माग गरिएको छ ।
यसैगरि समाजवादी जनता पार्टी सप्तरीले वेगवानी दम्पत्तिको हत्याको भत्र्सना गर्दै घनास्थालदेखी इलाका प्रहरी कार्यालय सय मिटरको दुरीमा भएपनि यसरी हत्या हुनु प्रहरी प्रशासनको कमजोरी भएको आरोप लगाएको छ ।
यता बिहीबार साँझ धरानबाट तालिम प्राप्त कुकुर आएपछि थालिएको अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलदेखी दक्षिणतर्फ पेचकस भेटेको जनाएको छ भने कुकुर बनरझुल्ला गाविसस्थित राजाजी राप्राविसम्म गएको स्थानियहरुले बताएका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । घटनास्थल भन्दा करिब १०० मिटरको दुरी इलाका प्रहरी कार्यालय हनुमाननगर रहेको छ ।
केही दिनदेखी घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए । उनीहरुको दुई छोरा अध्ययनका लागि भारतको बेगलोरमा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ