News Category 2077/11/04
सरस्वती पुजा धुमधामका साथ मनाईयो
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीका विभिन्न विद्यालयहरुमा श्रीपंचमीका दिन मनाइने सरस्वती पूजा धुमधामको साथ मनाईएको छ ।
बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीहरुले श्रद्धापूर्वक पूजाअर्चना गर्ने परम्परा रहेको छ । पूजाका लागि विद्यार्थी, अभिभावक र विद्यालयका संचालक सबै उत्साहका साथ जुट्ने गरेका छन् ।

राजबिराजका विभिन्न बिद्यालयहरूमा सरस्वती पूजाको लागी माटाका कलात्मक मुर्ति बनाएर बिधार्थीहरूले सरस्वती पुजा धुमधामका साथ मनाएका छन् ।
राजबिराजस्थित मबिव क्याम्पस, शिब्स ईन्टरनेशनल माबि, लिटिल प्mलाबर, गौतम शिसु सदन, पविमावि लगायतका बिधालयमा भब्यता पुर्व सरस्वती पुजा मनाएका छन् ।

सरस्वती पूजाको अवसरमा राजविराजस्थित शिब्स बोर्डिङ स्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शिनी गरेका थिए । जसमा विद्यार्थीहरुले कलात्मक रुपमा निर्माण गरेका सलाईको डब्बाले बनाएका घर, चर्खा तथा बिज्ञानसँग आधारित अन्य सामाग्रिहरु प्रदर्शनीमा राखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ