News Category 2077/11/04
एकै दिन तीन नवनिर्मित संरचनाको मन्त्री साहद्वारा उद्घाटन
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलबार एकै दिन तीन नवनिर्मित संरचनाको उद्घाटन गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कक्षा कोठा भवन र बिरामीका आफन्तका लागि कुरुवा घर तथा तिरहुत गाउँपालिकाको त्रिकौल बैरवामा धर्मशाला र विवाह मण्डपको छुट्टाछुट्टै कार्यक्रमबीच मन्त्री साहले उद्घाटन गरेका हुन् ।
हनुमाननगर कंकालिनी नगरपालिका १० भगवानपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा सामाजिक विकास मन्त्रालयको २० लाखको लागतमा निर्माण भएको २ कोठे भवनको मन्त्री साहले उद्घाटन गरे ।
त्यसैगरि सोही नगरपालिका ७ स्थित स्वास्थ्य चौकीमा संसदीय विकास कोषबाट निर्मित कुरुवा घर र तिरहुत गाउँपालिका १ स्थित त्रिकौल बैरवामा पनि संसदीय विकास कोषको ९० लाख रुँपैयाको लागतमा निर्माण गरिएको धर्मशाला र विवाह मण्डपसमेतको मंगलकारै मन्त्री साहले उद्घाटन गरेका छन् ।
स्थानिय कुश्मिदेवी पंजियारले स्व. पति छेदी पंजियारको नाममा करिब ३ करोड मुल्य पर्ने १० कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि धर्मशाला र विवाह मण्डप निर्माण गरिएको मन्त्री साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिए ।
सो कार्यक्रममा प्रदेशसभा सदस्य मनिष सुमन, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साह, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कापडी, योजना महाशाखाका प्रमुख ठुलोबाबु दाहालले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ