News Category 2077/11/06
संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो
दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध अन्य दलहरुसँग संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने बारेमा प्रयास भइरहेको जानकारी दिएका छन् ।
कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रममा सहभागि हुन बुधबार राजविराज आएका नेता महतोले सो जानकारी दिएका हुन् ।
उनले संविधान संशोधन र प्रतिनिधिसभाको पुर्नस्थापनाको विषयका साथ साथै रेशम चौधरी लगायत अन्य राजनीतिक बन्दीहरुको रिहाईको विषय पनि संयुक्त आन्दोलनका क्रममा साझा मुद्दाको रुपमा बनाइने बताए ।
जनताद्वारा निर्वाचित प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगमनका साथै संबैधानिक “कु” गरेको आरोप लगाउँदै मुलुकको राजनैतिक संकट निकासका लागि प्रधानमन्त्रीको कदम सच्याउनु आवश्यक रहेको उनको भनाई छ ।
नेता महतोले बुधबारै राजविराजमा संचालनमा ल्याइएको एक डेन्टल क्लिनिक प्रालिको उद्घाटन गर्नुका साथै हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर पुगेर तीन दिनअघि निधन भएका जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य सुरेन्द्र झाका परिवारजनलाई भेटेर सम्वेदना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ