News Category 2077/11/07
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा

दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराज कारागारबाट एक महिलासहित १० जना कैदीबन्दीहरु शुक्रबार रिहा भएका छन् ।
कम्तिमा ५० प्रतिशत कैद भुक्तानी गरिसकेका तथा राम्रो आचरण भएकाहरुलाई राष्ट्रपतिको सिफारिसमा बाँकी कैद मिनाह गरि रिहा गरिएको राजविराज कारागार प्रशासनले जनाएको छ ।
रिहा हुनेहरुमा सवारी ज्यानका सर्वाधिक पाँच जना रहेका छन् भने कर्तव्य ज्यानका तीन र डाँका खुनी तथा बहुविवाहका एक/एक जना कैदीबन्दीहरु छन् ।
कारागार कार्यालय सप्तरी राजविराजका खरीदार सन्दिप देवले दिएको जानकारी अनुसार सवारी ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका सप्तरीको रुपनी गाउँपालिका ५ का इसोहित हसन, छिन्नमस्ता गाउँपालिका ५ का गौतम शर्मा, खडक नगरपालिका ५ का सन्तोषकुमार साह, सुनसरीको इनरुवा ७ का रोशन थापा र सिरहाको कर्जनहा नगरपालिका ६ का सुरेन्द्र दास रिहा भएका छन् ।
यस्तै कर्तव्य ज्यान मुद्दाका सर्लाहीको हंसपुर गाउँपालिका ५ की मन्जुदेवी यादव, सप्तरीको सप्तकोशी नगरपालिका ४ का कुमार बाँतर सरदार र बोदेबरसाइन नगरपालिका ४ का जितेन्द्र यादव रिहा भएका छन् ।
यस्तै डाँका खुनी मुद्दाका झापाको मेची नगरपालिका २ का समिर अली तथा बहुविवाह मुद्दाका बोदेबरसाइन नगरपालिका ९ का विद्यानाथ साह रिहा भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ