News Category 2077/11/07
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराज कारागारबाट एक महिलासहित १० जना कैदीबन्दीहरु शुक्रबार रिहा भएका छन् ।
कम्तिमा ५० प्रतिशत कैद भुक्तानी गरिसकेका तथा राम्रो आचरण भएकाहरुलाई राष्ट्रपतिको सिफारिसमा बाँकी कैद मिनाह गरि रिहा गरिएको राजविराज कारागार प्रशासनले जनाएको छ ।
रिहा हुनेहरुमा सवारी ज्यानका सर्वाधिक पाँच जना रहेका छन् भने कर्तव्य ज्यानका तीन र डाँका खुनी तथा बहुविवाहका एक/एक जना कैदीबन्दीहरु छन् ।
कारागार कार्यालय सप्तरी राजविराजका खरीदार सन्दिप देवले दिएको जानकारी अनुसार सवारी ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका सप्तरीको रुपनी गाउँपालिका ५ का इसोहित हसन, छिन्नमस्ता गाउँपालिका ५ का गौतम शर्मा, खडक नगरपालिका ५ का सन्तोषकुमार साह, सुनसरीको इनरुवा ७ का रोशन थापा र सिरहाको कर्जनहा नगरपालिका ६ का सुरेन्द्र दास रिहा भएका छन् ।
यस्तै कर्तव्य ज्यान मुद्दाका सर्लाहीको हंसपुर गाउँपालिका ५ की मन्जुदेवी यादव, सप्तरीको सप्तकोशी नगरपालिका ४ का कुमार बाँतर सरदार र बोदेबरसाइन नगरपालिका ४ का जितेन्द्र यादव रिहा भएका छन् ।
यस्तै डाँका खुनी मुद्दाका झापाको मेची नगरपालिका २ का समिर अली तथा बहुविवाह मुद्दाका बोदेबरसाइन नगरपालिका ९ का विद्यानाथ साह रिहा भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ