News Category 2071/02/25
पा“च दिने पत्रकारिता तालिम सुरु
राजविराज÷पत्रकारिताको विकासमा ठेवा पुग्ने उद्देश्यले शनिबारदेखी राजविराजमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले पत्रकारिता क्षेत्रमा एउटा नयाँ आयामको विकास हुने अपेक्षा गरेको बताउनुभएको छ ।
उहाँले पत्रकार समाजको ऐना भएको भन्दै यस क्षेत्रमा लागेका प्रत्येकले ऐनामा देखिने प्रष्टता जस्तै उनीहरुले पनि स्पष्ट रुपमा काम गरे समाजप्रतिको दायित्व बहन गर्न सकिने बताउनुभयो ।
सोही कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी सुरेश राउतले पत्रकारिता सेवा मुलक व्यवसायी रहेको बताउँदै यसमा चुनौति र अवसर दुबै रहेको बताउनुभएको छ । उहाँले तालिमको उपयोगिता बारे चर्चा गर्दै सिकेको सीपलाई व्यबहारमा उतारे मात्र तालिमको उपादयता प्रमाणित हुने बताउनु भयो ।
यसैगरि वरिष्ठ पत्रकार अनिलकुमार अनलले पत्रकारितामा समाज परिवर्तन गर्ने क्ष्मता रहेको बताउँदै यसको सही सदउपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले पत्रकारिता तालिमले बोधो तरवारलाई उद्ययाए जस्तै व्यक्तिमा रहेको क्षमता र शीपलाई तिखार्ने काम गर्ने बताउँदै समाजको विकासमा पत्रकारिताको अहम भूमिका रहने बताउनुभयो ।
सोही तालिमको उद्घाटन सत्रमा वक्ताहरुले पत्रकारिता पेशलाई मर्यादित बनाउन आग्रह गर्दै यसलाई अझ स्वच्छ र स्वतन्त्र बनाउनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला विकास समितिको कार्यालयको सहयोग तथा कंकालिनी संचार समूहद्वारा आयोजना तालिमको उद्घाटन कार्यक्रमको अध्क्षता समूहका अध्यक्ष गजेन्द्र कुमार मण्डलले गर्नुभएको थियो भने कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला प्राविधिक कार्यालयका प्रमुख किशोर कुमार साह, खानेपानी तथा सरसफाईडिभिजन कार्यालय राजविराजका इन्जिनियर राजकमार यादव, तालिमका प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघका सल्लाहकार जितेन्द्र खड्गा, मानवअधिकारकर्मी शम्भुनन्द चौधरी, प्रेस युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेन्द्र मण्डल, पत्रकार नवीन कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
मधेशी पत्रकार समाजका जिल्ला सचिव आमेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन पत्रकार महासंघका सदस्य संजिवविक्रम साहले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ