News Category 2077/11/11
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
चालु आर्थिक वर्षको सात महिनाको अवधीमा सप्तरी जिल्लामा ४ सय ८३ सवारी दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ ।
बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा चालक र सवारीधनी समेतको उपस्थितिमा आयोजना गरिएको सचेतना कार्यक्रममा सो जानकारी दिइएको हो ।
दुर्घटना न्युनिकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन आयोजित सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भुवनेश्वर प्रसाद साहले प्रदेश २ को ८ वटै जिल्ला मध्ये सप्तरीमा बढी सवारी दुर्घटना भएको जानकारी दिए ।
उनले सवारी चालकहरुको लापरवाहीका कारणले बढी दुर्घटना हुने गरेको जानकारी दिदै सात महिनाको अवधीमा सवारी दुर्घटनामा परि ६ सय २४ सवारीसाधनमा क्षति तथा ६ सय ३० जना घाइते समेत भएको जानकारी दिए ।

सोही अवधीमा सवारी ऐन नियम विपरीत काम गर्ने चालक र सवारीधनीबाट जरिवाना बापत ७३ लाख २१ हजार रुँपैया राजश्व संकलन समेत गरिएको उनले बताए । सोमबार र मंगलबार दुई दिनमा गरि सवारी दर्ता किताब, नम्बर प्लेट, सवारी चालक अनुमती पत्र, सवारीको बिमा, आवश्यक कागजपत्रहरु नपाईएका ३५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाउँदै नियन्त्रणमा लिइएका ट्याक्टर र चालकलाई ५ सयदेखी २ हजारसम्म जरिवाना समेत गराइएको उनले बताए ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक यमलाल बन्जाडेले सम्पुर्ण सवारी चालक र धनीहरूले कागज पत्रहरू बोकी मात्र सवारी चलाउन अनुरोध गरे । उनले दुर्घटना न्युनिकरणमा सवारी चालकहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै ट्राफिक ऐन नियमबारे प्रशिक्षण तथा सोको पालना गर्न आवश्यक जानकारी दिए । कार्यक्रममा चार दर्जन भन्दा बढी चालक, सहचालकका साथै सवारीधनीहरु पनि सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ