News Category 2077/11/12
बुद्धिजीवी पेशाकर्मीद्वारा अदालतको निर्णयको स्वागत
दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
बुद्धिजीवी पेशाकर्मी आन्दोलन संयोजन समिति सप्तरीले प्रतिनिधीसभा विघटन सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णयप्रति स्वागत गरेको छ ।
समितिका संयोजक अनिलकुमार अनल, सहसंयोजक नथुनी दास र सचिव भुपेन्द्र मण्डलद्वारा बुधबार जारि संयुक्त विज्ञप्ति मार्फत अदालतको निर्णयप्रति स्वागत गर्दै खुशी समेत प्रकट गरिएको छ ।
पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधी सभाको विघटन पछि प्रतिगमनका विरुद्ध देशका सम्पुर्ण नागरिक समाज, अगुवा, राजनैतिक दल लगायत बुद्धिजीवी, पेशाकर्मी संघ संस्थाहरुले विगत महिनादेखी गर्दै आएको आन्दोलन, कार्यक्रम विचार तथा अभिब्यक्ती सहि सावित भई भएगरेको कार्य प्रति समिति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोही विज्ञप्तिमा प्रतिगमन विरुद्धको आन्दोलनको क्रममा बालुवाटारमा नागरिक समाजका अगुवा उपर गरिएको प्रहरी दमन र विभिन्न स्थानहरुमा राजनैतिक दलहरुका प्रर्दशनमा गरिएको दमनको समेत स्मरण गर्दै राज्यसत्ताको दमनबाट किंचित मात्र विचल्लीत नभई निरन्तर बढाइएका संर्घषहरु प्रति समेत उच्च सम्मान प्रकट गरिएको छ ।
सर्वोच्च अदालतको ऐतिहासिक पैmसलाले कायम गरेको संवैधानिक सर्वोच्चतालाई आत्मसात गर्दै देशलाई संघिय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक पथमा अघि बढ्न मुलुकका सम्पूर्ण राजनैतिक शक्तिहरु पुराना कमि कमजोरी सच्याउदै अघि बढ्नुको विकल्प नरहेको समितिको ठम्याई छ ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो संघिय लोकतान्त्रिक, गणतन्त्रात्मक देशलाई भ्रष्टाचार मुक्त समाजवाद उन्मुख मुलुकको विकाशमा तिब्रता दिन तथा विगतका कमिकमजोरीहरु सच्याई राजनैतिक दल तथा अगुवाहरुले आत्मलोचना सहित अघि बढोस् भन्ने हाम्रो चाहनाका साथ आउँदा दिनहरुमा समेत खबरदारी तथा सहयोगि भूमिका खेल्ने यो समिती सम्पुर्ण जनसमुदायमा प्रतिबद्धता जाहेर गर्दै प्रेस विज्ञप्ति जारी गर्दछ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ