News Category 2077/11/12
संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस

दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
प्रतिनिधिसभा पुर्नस्थापना गरेको खुशियालीमा बुधबार जनता समाजवादी पार्टी नेपाल सप्तरीले राजविराजमा अबिरयात्राका साथ बिजयी जुलुस निकालेको छ । जुलुसमा सहभागिहरुले एकआपसमा रंग अबिर समेत दलेका थिए ।
सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको भन्दै उल्लसाका साथ निकालिएको जुलुसमा प्रधानमन्त्री केपी ओलीको राजिनामा माग समेत गरिएको छ ।
नगर परिक्रमापछि जनआन्दोलन चौकमा पुगेर आयोजित सभामा राष्ट्रियसभाका सदस्य तथा जनता समाजवादी पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवले प्रधानमन्त्रीले चालेको असंबैधानिक कदमलाई अदालतले उल्टाइदिएपछि लोकतन्त्रको रक्षा भएको र मुलुक सम्भावित दुर्घटनाबाट जोगिएको बताए ।
त्यस्तै कार्यक्रममा सोही पार्टीकी नेतृ रेणु यादवले अदालतको फैसलाले विधीको शासन स्थापना भएको भन्दै सोहीको खुशियालीमा बिजयी जुलुस निकालिएको बताईन् ।
जसपा नेता सुनिल झाको अध्यक्षतामा आयोजित सभालाई प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेशसभा सदस्य मनिष सुमन, केन्द्रिय सदस्य अशोक यादव, यूवा नेता बिनोद यादव लगायतले पनि संबोधन गर्दै अदालतको निर्णयको स्वागत गर्दै प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा अविलम्ब राजिनामा गर्नुपर्ने माग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ