News Category 2077/11/13
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
राजविराज नगरपालिका १० दिघवाकी २५ वर्षिया निरसी खंगलाई उपचार खर्च जुटाउन समस्या परेको बेला सहयोग हातहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाधमा रहेकी निरसी गत माघ १३ गते चिसो छल्न बालिएको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते भएकी छिन् । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच बिहीबार बालाजी डेन्टल केयर प्रालिका निर्देशक विवेक झा र सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले अस्पतालमै पुगि १ हजार १ सयका दरले नगद सहयोग उपलब्ध गराएका छन् ।
यस्तै बिहीबारै पार्थो सरकारले १ हजार १ सय, नन्द किशोर गुप्ताले ५ सय, रामकृष्ण रजक तथा ओमप्रकाश यादवले १/१ सय आर्थिक सहयोग प्रदान गरेका छन् ।
ऐलानी जग्गामा बसोवास गर्दै आएका चार वर्षिय छोरीकी आमा खंग मजदुरी गरेर गुजारा चलाउँदै आएकी थिइन् । पति राजाराम पनि अर्काको घर र खेतमा काम गर्दै आएका थिए । तर, विगत एक महिनादेखी पत्नि अस्पतालमा धर्ना भएपछि रेखदेखमै खटिनु परेकाले राजारामको पनि आम्दानीको सबै बाटो बन्द भएको छ ।
जसकारण उपचारका लागि अस्पतालमा भर्ना रहेकी पत्निको उपचार खर्च जुटाउन र हातमुख जोड्न समेत समस्या भएको समाचार यस दैनिकमा प्रकाशित भएपछि अहिले सहयोगि हातहरु उनलाई आर्थिक सहयोग गर्न बढीरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ