News Category 2077/11/13
विद्यालय र क्याम्पसमा लागुऔषध र साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी

दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
बढ्दै गएको लागु औषध सेवनकर्ता र साइबर अपराधलाई न्युनिकरण गर्न सचेतनाका साथै सप्तरी प्रहरीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा प्रशिक्षण समेत दिइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिहीबार राजविराजस्थित पाराडाइज क्याम्पसका विद्यार्थीहरुलाई लागु औषध र साइबर अपराध बारे सचेतना जगाउन प्रशिक्षण दिएको हो ।
विद्यार्थीलाई लागु औषध सेवनले पुर्याउने शारिरीक, मानसिक र सामाजिक क्षति तथा साइबर अपराध के हो भन्ने समेत थाहा नहुने गरेकाले यस्ता बिकृती र अपराध रोक्न प्रहरीले विद्यालय र क्याम्पसबाटै सचेतना फैलाउन अभियान थालेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले क्याम्पस प्राङ्गणमा पुगेर विद्यार्थीलाई लागु औषध सेवनले गर्ने हानी तथा साइबर अपराधले निम्त्याउने घटना बारे बिस्तृत जानकारी र प्रशिक्षण दिएका छन् ।
निर्दोषका लागि धर्मराज र दोषिका लागि यमराज जस्तै आफूहरु भएको बताउँदै उनले सुरक्षित समाज निर्माणको हाम्रो अभियान सफल बनाउन विद्यार्थी, अभिभावक र समाजका सबै वर्ग समुदायलाई सहयोग गर्न आग्रह समेत गरे ।
प्रहरी उपरिक्षक राजेन्द्र धमलाले लागु औषधको सेवन र साइबर अपराधका घटना बृद्धी भइरहेका बेला विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई त्यसबाट बचाउन र अपराध न्यूनिकरण गर्न यस्तो अभियान चलाइएको र जिल्लाका हरेक शिक्षण संस्थामा उक्त कार्यक्रम पुर्याउने योजना रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ