News Category 2077/11/16
चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ
राजविराज/सप्तरी प्रहरीले प्रतिबन्धित दल नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्लाको विभिन्न स्थानमा छापामारि शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा चन्द समूहका सप्तरी जनसत्ता प्रमुख सप्तरीको सडक नगरपालिका ३ बनरझुला टोल बस्ने ५२ वर्षिय आर्दश उपनामका रामनाथ मण्डल छन् ।
यस्तै पक्राउ पर्ने अन्यहरुमा चन्द समूहका सप्तरी–सिरहा जिल्ला कार्यसमिति सदस्य राजविराज नगरपालिका ४ निवासी उदय भनिने उदयनारायण मण्डल र विष्णुपुर गाउँपालिका १ निवासी २५ वर्षिय रामकृष्ण मण्डल छन् ।
विभिन्न व्यक्तिलाई फोन गरि चन्दाका लागि धम्क्याउने समेत गरेको सूचनापछि उनीहरुमाथी निगरानी बढाइएको र सोही क्रममा पक्राउ गरिएको डिएसपी साहको भनाई छ ।
पक्राउ परेकाहरुका साथबाट तीन थान मोबाइल, आर्थिक सहयोग माग गर्न धम्कीपूर्ण भाषामा लेखिएर तयार गरिएको पत्रहरु, अखिल नेपाल महिला संघ क्रान्तिकारी र यूवा संगठन नेपाल लेखिएको लेटर प्याड तथा साधारण सदस्यता रसिदको ठेलीका साथै विभिन्न पुस्तकलगायतका पनि बरामद गरिएको जानकारी दिँदै डिएसपी साहले पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ