News Category 2077/11/17
कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
नेपालको पहिलो चार्टड एकाउन्टेन्ट, विमा संस्थानका संस्थापक, अर्थविज्ञ एवं वरिष्ठ राजनीतिज्ञ स्व. कुबेर प्रसाद शर्माको सम्झनामा आइतबार गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
सप्तरीको राजगढ गाउँपालिका नर्घो निवासी ९० वर्षिय शर्माको फागुन १४ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । विद्यार्थीकाल देखी नै नेवि संघबाट राजनीतिमा होमिएका शर्मा २०४८ सालमा काँग्रेसबाट सासंद पदमा निर्वाचित समेत भएका थिए ।
अयोजित सभामा राष्ट्रियसभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता मृगेन्द्रकुमार सिंह यादवले बहुमुखी प्रतिभाका धनी शर्मा कुनै दल विशेषको मात्र नभई जिल्ला र राष्ट्रकै सम्पत्ति भएकाले उनको निधनले देशलाई अपूर्णिय क्षति भएको जिकिर गरे ।
नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले राजनीतिलाई समाजसेवासँग जोड्दै अघि बढेका शर्माको निधनले विकास चाहने सबैलाई क्षति भएको बताए ।
पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले स्व. शर्माको योगदानको चर्चा गर्दै उनले देखाएको मार्गमा हिड्न सके देश र जनताको हित हुने बताए ।
नागरिक संजालका पूर्वअध्यक्ष रामकुमार यादवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जलीसभामा प्रेस काउन्सीलका पूर्वसदस्य मूरली यादव, पत्रकार महासंघका पूर्व सभापति धिरेन्द्र साह, ग्लोबर बहुमुखी सहकारी संस्था लि.का कार्यक्रम संयोजक पंकज पोखरेल, नगरपालिका कर्मचारी एशोसिएशनका केन्द्रिय सदस्य उमेश यादव, जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डल, कानुन व्यवसायी प्रह्लाद घिमिरेलगायतले पनि स्व. शर्माको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ