News Category 2077/11/19
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
राजविराज/राजविराज नगरपालिका १० दिघवाकी २५ वर्षिया निरसी खंगलाई उपचार खर्च जुटाउन समस्या परेको बेला अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग प्रदान गरेको छ ।
इन्सेकद्वारा राजविराज नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहले बैठक खर्चसहित ६ हजार रुपियाँ आगलागी पीडित गरिव तथा असहाय दलित महिलालाई प्रदान गरेको हो ।
महिलालाई उपचार खर्च जुटाउन र पोषणयुक्त खानामा समस्या परेको बेला समूहले वैठक खर्चवापतको १ हजार ५ सय र कार्यसमिति पदाधिकारीबाट सहयोगस्वरुप उठाएको ४ हजार ५ सय गरी ६ हजार रुपियाँको प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको सहजकर्ता दिपक यादवले जानकारी दिएका छन् ।
निगरानी समूहका पदाधिकारीहरु अस्पताल पुगेर हर्लिक्स र फलफूलको जुसलगायतका सामाग्री उपलब्ध गराएको समूहकी कोषाध्यक्ष नानीमैया कटवालले बताइन् । विरामीको स्वास्थ्य अवस्था बुझन् नियमित अस्पताल जाने र पाँच/पाँच दिनमा प्रोटिनयुक्त आहारा लिएर समूहका पदाधिकारी जाने व्यवस्था मिलाइएको पनि उनले बताइन् ।
यता अस्पतालका मेसु डा. रन्जित झाले अस्पतालमा ‘बर्न सेन्टर’ नभएकाले उपचारका लागि काठमाडौं वा किर्तिपुर लैजान सुझाव दिएका छन् ।
यसअघि युवा सशक्तिकरण संघ नेपाल सप्तरीका अध्यक्ष किशोर कुमार यादवले ३ हजार १ सय रुपैयाँ, बालाजी डेन्टल केयर प्रालिका निर्देशक विवेक झा र सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले अस्पतालमै पुगि १ हजार १ सयका दरले, पार्थो सरकारले १ हजार १ सय, नन्द किशोर गुप्ताले ५ सय, रामकृष्ण रजक तथा ओमप्रकाश यादवले १/१ सय आर्थिक सहयोग प्रदान गरेका थिए ।
गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाधमा रहेकी निरसी गत माघ १३ गते चिसो छल्न बालिएको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते भएकी छिन् । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
ऐलानी जग्गामा बसोवास गर्दै आएका चार वर्षिय छोरीकी आमा खंग मजदुरी गरेर गुजारा चलाउँदै आएकी थिइन् । पति राजाराम पनि अर्काको घर र खेतमा काम गर्दै आएका थिए । तर, विगत एक महिनादेखी पत्नि अस्पतालमा धर्ना भएपछि रेखदेखमै खटिनु परेकाले राजारामको पनि आम्दानीको सबै बाटो बन्द भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ