News Category 2071/02/27
बालबालिकाद्वारा सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
१५ औ राष्ट्रय सरसफाइ सप्ताह अन्तरगत पाँचौ दिन सोमबार सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
नगरस्तरिय बाल संजालका सदस्यहरुले जनचेतना फैलाउने उद्देश्यले पहिलो पटक राजविराजमा सडक नाटक प्रदर्शन गरेका हुन् ।
राजविराजस्थित वन कार्यालय अगाडी सडक नाटक प्रदर्शन गर्दै कलाकारहरुले चर्पीको प्रयोग नगरेमा दिसाबाट विभिन्न प्रकारको रोग लागने तथा सम्पूर्ण बस्तिमै रोग फैलिन सक्ने सन्देश दिन खोजेका छन् ।
ग्रामिण भेगमा खुला स्थानमा मानिसले दिसा गरेपछि झिंगाको माध्यमबाट रोगका किटानुहरु मानिसको शरीरमा प्रवेश गर्ने गरेको कुरालाई सडक नाटकको माध्यमबाट दर्शाउन खोजिएको छ । मानिसले खाना खाएपछि, दिसा गरेपछि साबुन पानीले राम्ररी हात धुने बानी बसाल्नु पर्छ भनी नाटकका कलाकारहरुले अर्को सन्देश दिन खोजेका छन् ।
राजविराज नगरपालीकाको सहयोग एवं सबल नेपालद्धारा आयोजित उक्त सडक नाटमा नगरस्तरिय बाल संजालका अध्यक्ष अमर यादव, विद्यानन्द यादव, अमर मण्डल, नमन सिंह र रानी साह नाटकमा अभिनय गरेका थिए ।
यसैगरि सरसफाई सप्ताहको पाँचौ दिन सोमबार ग्लोवल स्यानिटेसन फण्ड कार्यक्रम अन्तर्गत निम्न माध्यमिक विद्यालय देउरी भरुवामा सरसफाइ सम्बन्धी अन्र्तक्रिया कार्यक्रम संचालन भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ