News Category 2077/11/23
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
रकम अभावले समयमै उपचार गराउन नपाएकी राजविराज नगरपालिका १० दिघवा निवासी २५ वर्षिया निरसी भनिने गितादेवी खंगको आइतबार बिहान मृत्यु भएको छ ।
गत माघ १३ गते चिसो छल्न घुर ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी उनको विगत एक महिना बढी समयदेखी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको थियो ।
लामो समयदेखी अस्पतालमा छटपटाइरहेकी खंगको उपचारका लागि केही व्यक्ति र संघसंस्थाले आर्थिक सहयोग जुटाइदिएपछि तीन दिनअघि उनलाई अस्पतालका मेसु डा. रन्जित झाको पहलमा किर्तिपुर लगिएको थियो ।
किर्तिपुर स्किन अस्पतालमा उपचारका लागि भर्ना भएकी उनको आइतबार बिहान मृत्यु भएको हो । अस्पतालका चिकित्सकहरुले आगोले पोलेको गम्भिर केस ढिलो गरि ल्याएको भन्दै प्रयास गर्दा गर्दै पनि बचाउन नसकिएको बताएका छन् ।
खर्च अभावका कारण शवलाई गृहजिल्ला ल्याउन समेत समस्या परेपछि हाल काम विशेषले काठमाडौंमै रहेका प्रदेशसभा सदस्य मनिष सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जसपाका यूवा नेता किशोर कुमार यादव केसी र अमरकान्त झाको पहलमा २० हजार रुँपैया खर्च व्यवस्थापन गरि उनको शव राजविराज ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
आगोले जलेर गम्भिर बिरामीको उपचार अस्पतालमा सम्भव नभएको भनिएपनि खर्च अभावले गर्दा उनलाई बाहिर लैजान सकिएको थिएन् ।
ऐलानी जग्गामा बसोबास गर्दै आएका मृतकका पति राजाराम पनि मजदुरी गरेर गुजारा चलाउँदै आएका हुन् । पत्निलाई अस्पतालमा भर्ना गरेपछि उनको हेरचार गर्न बस्नु पर्दा मजदुरी गर्न समेत नभ्याएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ