News Category 2071/02/29
प्रेस स्वतन्त्रता सेनानी देव सम्मानित
दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार रामनारायण देव बुधबार राजविराजमा सम्मानित हुनुभएको छ ।
विगत चार दशकदेखी पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिनुभएका वरिष्ठ पत्रकार देवलाई राजविराजमा संचालित पाँच दिने आधारभुत पत्रकारिता तालिम समापनको अवसरमा कंकालनी संचार समूहले सम्मान गरेको हो ।
सम्मानित पत्रकार देवले पत्रकारिता क्षेत्र जोखिमपूर्ण रहेकोले यसमा कार्य गर्ने सम्पूर्ण पत्रकारहरुले अत्यन्त संवेदनशिल भएर काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले पत्रकारिता पेशामा कुनै पक्षपात नगरि इमान्दारितापूर्वक काम गरे समाजले ती पत्रकारलाई स्वत स्विकार्ने उहाँले जिकिर गर्नुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथि निमित्त स्थानिय विकास अधिकारी सुरेश राउतले पत्रकार समाजको ऐना हो भन्दै विकासीय कार्यमा पत्रकारको कलमले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकारले लेखेको समाचारका कारण समाजमा कुनै परिवर्तन भयो भने अनिमात्र पत्रकारिताको विकास हुने जिकिर गर्नुभयो ।
उहाँले पत्रकारिता सेवा मुलक व्यवसायी रहेको बताउँदै यसमा चुनौति र अवसर दुबै रहेको बताउनुभयो । तालिमको उपयोगिता बारे चर्चा गर्दै सिकेको सीपलाई व्यबहारमा उतारे मात्र तालिमको उपादयता प्रमाणित हुने उहाँको कथन थियो ।
जिल्ला विकास समितिको कार्यालयको सहयोग तथा कंकालिनी संचार समूहद्वारा आयोजित तालिमको समापन कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष गजेन्द्र कुमार मण्डलले गर्नुभएको थियो भने कार्यक्रममा राजनीतिक एवं समाजसेवी शेखर सिंह, जिल्ला वन कार्यालयका प्रमुख नन्दलाल यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार महासंघका सल्लाहकार जितेन्द्र खड्गा, तालिमका प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता, महासंघका पार्षद श्यामसुन्दर यादव, प्रशिक्षार्थीका तर्फबाट रामसेवक यादव र रुवी मिश्रा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा तालिमका प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता तथा श्रोत व्यक्तिहरु वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, रामनारायण देव, जितेन्द्र खड्गा र शम्भुनन्द चौधरीलाई निमित्त स्थानिय विकास अधिकारी सुरेश राउतले कदरपत्र प्रदान गर्नुभयो भने सम्पूर्ण तालिमका सहभागिहरुलाई प्रमुख अतिथि एवं अतिथिहरुले प्रमाणपत्र प्रदान गर्नुभयो ।
यस्तै सोही कार्यक्रममा पत्रकार देवसँगै संचार समूहले हालै सरकारले सप्तरी जिल्लालाई मुलुकमै शान्ति सुव्यवस्ता कायम राख्न उत्कृष्ठ ठहराएकोमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिनेश अमात्यलाई सम्मान समेत गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ