News Category 2077/11/24
दुई फरारसहित चार प्रतिबादी पुर्पक्षका लागि कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
हतियारसहित पक्राउ परेका दुई युवकलाई अदालतको आदेशमा पूर्पक्षका लागि आइतबार राजविराज कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतको आदेशले सप्तरीको शम्भुनाथ नगरपालिका २ भलुवाही बस्ने २५ वर्षिय रामपुकार माझी र सोही स्थान निवासी २२ वर्षिय रामस्वरुप मण्डललाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।
प्रहरी अनुसार गत माघ २५ गते रुपनीबाट खटिएको गस्ती टोलीले बिशेष सुराकीको आधारमा दुबै जनलाई शम्भुनाथ २ भलुवाहीबाट भरुवा बन्दुक एक थानसहित पक्राउ गरेको थियो । उनीहरुमाथी हातहतियार खरखजना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ बस्ने २७ वर्षिय धरमदेव मण्डललाई पनि अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
सामुहिक जबरजस्तीकरणी र आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादीहरु मध्ये एक मण्डललाई आइतबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।
यसैगरि कुटपिट मुद्दामा अदालतले कैद र जरिवाना फैसला गरे लगत्तै फरार रहेका डाक्नेश्वरी नगरपालिका ७ बस्ने ५० वर्षिय शुकल मुखियालाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरि कारागार चलान गरिएको छ ।
२०७३ माघ ६ गतेको फैसलाले मुखियालाई ३ महिना कैद र १ हजार जरिवाना तोकिएको थियो । उनलाई प्रहरीले घरबाटै पक्राउ गरी सप्तरी जिल्ला अदालतमा पेश गराएर कैद भुक्तानका लागी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ