News Category 2077/11/26
बैशाख ३१ देखी राजविराजमा राष्ट्रिय महोत्सव हुने
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
आउँदो बैशाख ३१ गतेदेखी राजविराजमा ११ दिने राष्ट्रिय महोत्सव हुने भएको छ ।
महोत्सव सम्बन्धी जानकारी दिने उद्देश्यले बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयोजक रकी इन्टरटेन्टमेन्ट एण्ड एडभरटाइजिङ राजविराजका अध्यक्ष रकी झाले कोरोनाबाट थलिएको व्यपार ब्यवसायी, मनोरन्ज, खेलकुद लगायतका क्षेत्रलाई गति दिने उद्देश्यले राष्ट्रिय महोत्सव २०२१ को आयोजना गरिने जानकारी दिएका छन् ।
उनले २०७८ बैशाख ३१ देखी जेठ १० गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने भन्दै कोरोनाका कारण थलिएको ब्यापार, ब्यवसायी, मनोरन्जन, खेलकुद लगायतका क्षेत्रलाई गति दिनका लागि महोत्सवले थोरै भएपनि उर्जा थप्ने बताए ।
महोत्सवमा मनोरन्जका विभिन्न साधनका साथै एक सय वटा व्यवसायिक स्टल पनि रहने छन् भने महोत्सव अवधीभर स्थानिय, राष्ट्रिय तथा छिमेकी राष्ट्र भारतका चर्चित कलाकारहरुद्वारा साँस्कृतीक कार्यक्रम प्रस्तुत हुने तय भएको जानकारी समेत गराइएको छ ।
उनले स्थानिय राजरंगशालामा आयोजना हुने महोत्सवबाट संकलित भएको रकम मध्ये ५ प्रतिशत रकम बृद्धा आश्रम निर्माण कार्यमा सहयोग गरिने जानकारी दिए ।
सो महोत्सवमा मिष्टर एण्ड मिस नेपाल, सिंगिङ आइडल नेशन, डान्सिङ आइडल नेशन तथा मिष्टर फिजिक्स नेशन २०२१ छनौटका लागि प्रतिष्पर्धात्मक कार्यक्रम समेत समावेश गरिएको महोत्सवका सहआयोजक मोशन पिक्चर प्रालिका प्रतिनिधि प्रतिक श्रेष्ठले बताए ।
उक्त प्रतिस्पर्धामा सहभागि हुन इच्छुकका लागि अनलाइन आवेदन बैशाख १ गतेदेखी ३० गतेसम्म खुल्ला गरिने आयोजकले जानकारी दिएको छ । उक्त प्रतिस्पर्धामा बिजयी हुने प्रतियोगिलाई मोटसाइकल, स्कुटर, ट्रफि र कदरपत्रका साथै नगद पुरस्कारसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
कुल एक करोड खर्च हुने अनुमान गरिएको महोत्सवमा सो खर्च विभिन्न प्रायोजक संघ संस्था, व्यवसायीक प्रतिष्ठान र प्रवेश शुल्कबाट जुटाइने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ