News Category 2077/11/28
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा महाशिवरात्रीको अवसरमा बिहीवार मूर्ति स्थापनासँगै शिब मन्दिरको उद्घाटन गरिएको छ ।
स्थानीयहरूको सक्रियतामा निर्माण गरिएको मन्दिरको प्रदेशसभा सदस्य अभिषेक यादवले उद्घाटन गरे भने भुतनाथ बाबाले मन्दिरमा शिब, पार्वती, गणेश लगायतको मुर्ति स्थापना गरिएको छ ।

प्रदेशसभा सदस्यद्वय अभिषेक यादव र रुबी कर्णको संसदीय कोषको आर्थिक सहयोग तथा स्थानीयहरूले चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको स्थानीय युवा विध्या यादवले जानकारी दिएका छन् ।
बोदे बर्साइन नगरपालिकाका उपप्रमुख रञ्जु कुमारी साहको अध्यक्षतामा आयोजित मन्दिर उद्घाटन तथा मुर्ति स्थापनाको अवसरमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
महाशिबरात्रीको अवसरमा उद्घाटन गरिएको मन्दिर परिसरमा बिहीबारैदेखि २४ घण्टे अष्टयाम शुरू भएको स्थानियले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ