News Category 2077/11/28
शिवालयमा भक्तजनको घुइचो
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
महाशिवरात्रीका अवसरमा बिहीबार शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइचो लागेको छ ।
सप्तरीको प्रशिद्ध हरिनन्देश्वर महादेव, शम्भुनाथ, लालेश्वरनाथ, महादेव अंकुरी लगायतका शिवालयहरुमा बिहानैदेखी हजारौंको संख्यामा पूजा र दर्शन गर्न भक्तजन पुगेका छन् ।
यस अवसरमा उक्त मन्दिर परिसरमा भब्य मेलाको आयोजना समेत गरिएको छ । गत वर्ष कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनले मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
यसपटक स्थानिय प्रशासनले त्यस्तो कुनै आदेश जारि नगरेकाले तथा कोरोनाको जोखिम पनि कम हुँदै गएकाले शिवालयहरुमा भक्तजनको घुइचो लागेको सम्बद्ध मन्दिरका पूजारीहरुले बताएका छन् ।
पूजाकै क्रममा सप्तकोशी, त्रियुगालगायतका जलाशयबाट एका बिहानै जल ल्याएर बोलबम बोलबमको नारा लगाउँदै शिवालयहरुमा जल चढाउने भक्तजनको भिड पनि कम थिएन् ।
दर्शनका लागि आउने दर्शनार्थीका लागि विभिन्न संघसंस्थाले आवश्यक सुविधाको प्रबन्ध मिलाएका थिए । स्वमसेवक र प्रहरीले लाइन ब्यवस्थापनमा ध्यान दिएकाले पूजापाठ सहज भएको सीमावर्ती भारतको कुनौली बजारबाट शम्भुनाथ मन्दिर पुगेका ग्रामपंचायत प्रमुख कौशलकुमारले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ