News Category 2077/11/28
गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकबीचको विवाद उत्कर्षमा
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका केही चिकित्सक तथा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झा लगायतका चिकित्सकहरुको विवाद उत्कर्षम पुगेको छ ।
दुबै पक्षबीच आरोप प्रत्यारोप लगाउँदै असुरक्षित भएको भन्दै प्रदर्शन र पत्रकार सम्मेलन मार्फत एक अर्कामाथीको आरोपहरु सार्वजनिक गर्न थालेका छन् ।
मेसु डा. झा बिरुद्ध बिहीबार सोही अस्पतालका आधा दर्जन चिकित्सक र केही स्वास्थ्यकर्मीहरुले प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्रहरीमा सुरक्षा माग गर्दै निवेदन समेत दिएका छन् ।
आफूहरुलाई अपमानित गर्ने, उपकरण नभएपनि जबरजस्ती अपरेशन थिएटरमा खटाउने, स्पष्टिकरण सोध्ने र आफ्ना पक्षका मानिस उचालेर आक्रमण समेत गर्न लगाएको उनीहरुको आरोप छ । उनीहरु मध्येका एक डा. अजय चौधरीले आफ्नो क्वाटरमा मानिस पठाएर मेसु झाले बुधबार राती ११ बजेतिर ढुंगामुढा समेत गराएको अरोप लगाएका छन ।
यसैबीच मेसु झाले पनि बिहीबारै पत्रकार सम्मेलन गरि आफूहरुमाथी आरोप लगाउनेहरु अस्पतालको डियुटी छाडेर नजिकैको एक प्राइभेट अस्पतालमा खट्ने गरेको र आफूले कडाई गर्दा उनीहरु बिरोधमा उत्रेको जिकिर गरेका छन् ।
उनले इमरजेन्सी शाखाका इन्चार्ज रहेका डा. चौधरी आफ्नो जिम्मेवारी पूरा नगर्ने र बिना सूचना चार/चार दिनसम्म अस्पताल नआएपछि आफूले स्पष्टिकरण सोधेको भन्दै मेसु झाले यसकै रिसिइबी साध्न उनीहरु बिरोधमा उत्रेको आरोप लगाए ।
यता मेसु झाले उनीहरुबाट असुरक्षित भएको तथा आफ्नो क्वाटरमा समेत बुधबार राती साढे ११ बजेतिर बिरोधीहरुले ढुंगामुढा गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ