News Category 2077/11/28
गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकबीचको विवाद उत्कर्षमा
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका केही चिकित्सक तथा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झा लगायतका चिकित्सकहरुको विवाद उत्कर्षम पुगेको छ ।
दुबै पक्षबीच आरोप प्रत्यारोप लगाउँदै असुरक्षित भएको भन्दै प्रदर्शन र पत्रकार सम्मेलन मार्फत एक अर्कामाथीको आरोपहरु सार्वजनिक गर्न थालेका छन् ।
मेसु डा. झा बिरुद्ध बिहीबार सोही अस्पतालका आधा दर्जन चिकित्सक र केही स्वास्थ्यकर्मीहरुले प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्रहरीमा सुरक्षा माग गर्दै निवेदन समेत दिएका छन् ।
आफूहरुलाई अपमानित गर्ने, उपकरण नभएपनि जबरजस्ती अपरेशन थिएटरमा खटाउने, स्पष्टिकरण सोध्ने र आफ्ना पक्षका मानिस उचालेर आक्रमण समेत गर्न लगाएको उनीहरुको आरोप छ । उनीहरु मध्येका एक डा. अजय चौधरीले आफ्नो क्वाटरमा मानिस पठाएर मेसु झाले बुधबार राती ११ बजेतिर ढुंगामुढा समेत गराएको अरोप लगाएका छन ।
यसैबीच मेसु झाले पनि बिहीबारै पत्रकार सम्मेलन गरि आफूहरुमाथी आरोप लगाउनेहरु अस्पतालको डियुटी छाडेर नजिकैको एक प्राइभेट अस्पतालमा खट्ने गरेको र आफूले कडाई गर्दा उनीहरु बिरोधमा उत्रेको जिकिर गरेका छन् ।
उनले इमरजेन्सी शाखाका इन्चार्ज रहेका डा. चौधरी आफ्नो जिम्मेवारी पूरा नगर्ने र बिना सूचना चार/चार दिनसम्म अस्पताल नआएपछि आफूले स्पष्टिकरण सोधेको भन्दै मेसु झाले यसकै रिसिइबी साध्न उनीहरु बिरोधमा उत्रेको आरोप लगाए ।
यता मेसु झाले उनीहरुबाट असुरक्षित भएको तथा आफ्नो क्वाटरमा समेत बुधबार राती साढे ११ बजेतिर बिरोधीहरुले ढुंगामुढा गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ