News Category 2077/11/28
राजविराज ३ ले हात पार्यो राजबिराज प्रिमियर लिगको उपाधी
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
राजबिराजमा संचालित राजबिराज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी राजबिराज वडा ३ ले हात पारेको छ ।
राजबिराज वडा ५ को सहयोग, सप्तरी क्रिकेट संघको सहकार्यमा तथा लायन्स क्रिकेट एकेडमीको आयोजनामा स्थानिय पबिमाबि राजबिराजको खेल मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा राजबिराज वडा नं. ५ लाई ५७ रनले पराजित गर्दै राजबिराज वडा ३ ले सो उपाधी हात पारेको हो ।
फाईनल खेलमा टस जितेर राजबिराज ३ ले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर २ सय १ रन बनाएको थियो । जसमा निरज यादवले ३ छक्का सहित ४९ रन, बिकास दास ४४, महबुब आलम ३७ रन, अनुज यादब १७ रन, अमल दास १७ रन, रोहन बिक १५ रन जोडेका थिए ।
यता बलिँगतर्फ आयोजक टिम राजबिराज वडा नम्वर ५ का अनिल यादब २ र मुन्ना साह २ तथा रेबती राय, पप्पु यादब १/१ बिकेट हात पारेका थिए ।
प्रतिउत्तरमा २ सय १ रन पछ्याउने क्रममा राजबिराज वडा ५ ले निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर १ सय ४४ रन मै सिमित भयो । जसमा सुर्दशन सिँहले ५९, डा. राजिव मिश्राले ३० रन तथा नितेश यादब २४ रन जोडेका थिए ।
बलिँगतर्फ बिजय टिम राजबिराज ३ का सुमित झा ३ बिकेट, महबुब आलम २, तथा रोहित सिँह, रोबिन १/१ बिकेट हात पारेका थिए । उक्त फाईनल खेलको म्यान अफ दि म्याच राजबिराज वडा ३ का महबुब आलम घोषित भएका थिए ।
फागुन १८ गते देखी संचालित प्रतियोगितामा म्यान अफ दि सिरिज राजबिराज ५ स्थित अमित यादब, बेस्ट ब्याट्स म्यान राजबिराज १ का चन्द्र प्रकाश मेहता तथा बेस्ट बलर खडक नगरपालिकाका अजय यादब घोषित भए ।
राजबिराज नगरपालिका वडा ५ का वडा अध्यक्ष समीर झाको अध्यक्षतामा आयोजित फाईनल खेलमा राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब, उपप्रमुख साधना झा, प्रदेश क्रिकेट सँघका सचिव तथा सप्तरी अध्यक्ष आयुष श्रेष्ठ, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, कोषाध्यक्ष तुलानाथ माझी, अम्पायर सँघका अध्यक्ष निरज सिँह, लायन्सका संस्थापक संजय कार्की, प्याब्सनका बरिष्ठ उपाध्यक्ष अरूण देव, पुर्व खेलाडी डा. धिरज सिँह, पुर्व राष्ट्रिय खेलाडी पवन दास लगायतले शुभकामना मन्तब्य दिएका थिए भने बिजेता तथा उपबिजेतालाई शिल्ड, कप, मेडल, प्रमाणपत्र बितरण गरिएका थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ