News Category 2077/11/29
सप्तरीकी पूजा मण्डलले स्वर्ण जितिन्

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
राजविराजमा सुरु भएको प्रथम देवसुन्दर राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा पहिलो दिन शनिबार ४९ केजि महिला युथतर्फको खेलमा सप्तरीले स्वर्ण पदक हात पारेको छ ।
सप्तरीकी पूजा मण्डलले स्वर्ण पदक हात पारेकी हुन् भने कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योती मण्डल कास्य जितेकी छिन् ।
त्यस्तै महिलातर्फको ४५ केजि सिनियर समूहमा नेपाल प्रहरीकी हिरामोति थारुले स्वर्ण पदक हात पारेकी छिन् ।
यस्तै ४५ केजि महिला यूथतर्फ बर्दियाकी अरुणीमा थारु स्वर्ण, सप्तरीकी अम्बिका यादव रजत र कास्कीकी अनिका गुरुङ कास्य पदक जितेकी छिन् भने ४५ केजिकै महिला जुनियरतर्फ बर्दियाकै अरुणीमा थारु स्वर्ण, दाङकी सम्झना चौधरी रजत र सप्तरीकी काजल सदा कास्य पदक हात पारेकी छिन् ।
महिलाको ४९ केजि सिनियरतर्फ नेपाल प्रहरीकी संगिता राई स्वर्ण र ललितपुरकी उत्साह पाण्डे रजत पदक जितेकी छिन् ।
४९ केजि महिला जुनियरतर्फ बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण पदक जितेकी छिन् । यस्तै पुरुष सिनियरको ५५ केजि तौल समूहमा सेनाका तुलाराम महतोले स्वर्ण, नेपाल प्रहरीका गणेश रानाभाटले रजत तथा बर्दियाका रामकुमार थारुले कास्य पदक हात पारेका छन् ।
उद्घाटन खेलमा बिजेताहरुलाई कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री मातृका प्रसाद यादव तथा बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहले पुरस्कार बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ