News Category 2077/11/29
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जनता समाजवादी पार्टी नेपाललाई आग्रह गरेका छन् ।
प्रेस संगठन सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले प्रधानमन्त्री ओलीले विगतमा धेरैलाई ठगेको आरोप लगाउँदै यस पटक जसपालाई पनि ठग्ने कुरामा भन्न नसकिने बताए ।
उनले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिंदै प्रचण्डलाई समेत दुई पटक ठगेको भन्दै यस्तो अवस्थामा जसपालाई पनि प्रधानमन्त्रीले ठग्ने सक्ने आशंका व्यक्त गरे ।
उनले काँग्रेससँग जसपाको सकारात्मक वार्ता भएको भन्दै काँग्रेसले जसपासँग सरकार बनाउने कार्यमा सहमत भएमा माओवादी केन्द्रले पनि साथ दिने उल्लेख गरे । उनले जसपालाई अग्रगमनको साथ दिन आग्रह गर्दै प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको बताए ।
नेता यादवले जसपाले राख्दै आएको रेशम चौधरी रिहाइको माग र संविधान संशोधनको कामलाई अगाडि बढाइने बताउँदै सरकार बनेपछि रेशम चौधरीको रिहाइ र संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिएकाले त्यसका लागि पनि प्रयास सुरु हुने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ