News Category 2077/12/01
वर्षेनी डुवानमा परिरहेको भन्दै खाँडो पीडित आन्दोलित
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा खाँडो नदी नियन्त्रणको दिर्घकालिन समाधान हुन नसक्दा वर्षेनी डुवानमा परिरहेको भन्दै आन्दोलित भएका छन् ।
राजविराजस्थित खाँडो नदी व्यवस्थापन आयोजना कार्यालयमा सोमबार उनीहरु नाराबाजी गर्दै अविलम्ब उक्त समस्याको समाधान गर्नुपर्ने माँग सहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
गाउँपालिका प्रमुख सतिश सिंहको अगुवाईमा तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही टोलका बासिन्दाद्वारा गठित खाँडो पीडित संघर्ष समितिले आयोजनाको प्रमुख रेवाकान्त यादवलाई ध्यानाकर्षण समेत बुझाएका छन् ।
बुझाइएको ध्यानाकर्षण पत्रमा ७ दिन भित्र खाँडो नदी नियन्त्रणको काम अघि नबढाइए कार्यालय घेराउ, कामकाज ठप्प र अनशनसम्म बस्ने चेतावनी दिइएका छन् ।
वर्षायाम नजिकिदा पनि खाँडोको निकासको समस्या समाधान हुन नसक्दा वर्षेनी हुने धनजनको क्षति यसपल्ट पनि दोहरिने चिन्ताले स्थानियवासी चिन्तित र आन्दोलित भएको गाउँपालिका अध्यक्ष सिंहको भनाई छ ।
ध्यानाकर्षण पत्र बुझ्दै आयोजना प्रमुख यादवले बजेटको अभावमा खाँडो नदी नियन्त्रणको काम रोकिएको जनाउँदै तत्कालै संघर्ष समितिले बुभाएको ध्यानाकर्षण पत्र सम्बन्धीत निकायमा पठाई आवश्यक गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ