News Category 2077/12/01
वर्षेनी डुवानमा परिरहेको भन्दै खाँडो पीडित आन्दोलित
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा खाँडो नदी नियन्त्रणको दिर्घकालिन समाधान हुन नसक्दा वर्षेनी डुवानमा परिरहेको भन्दै आन्दोलित भएका छन् ।
राजविराजस्थित खाँडो नदी व्यवस्थापन आयोजना कार्यालयमा सोमबार उनीहरु नाराबाजी गर्दै अविलम्ब उक्त समस्याको समाधान गर्नुपर्ने माँग सहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
गाउँपालिका प्रमुख सतिश सिंहको अगुवाईमा तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही टोलका बासिन्दाद्वारा गठित खाँडो पीडित संघर्ष समितिले आयोजनाको प्रमुख रेवाकान्त यादवलाई ध्यानाकर्षण समेत बुझाएका छन् ।
बुझाइएको ध्यानाकर्षण पत्रमा ७ दिन भित्र खाँडो नदी नियन्त्रणको काम अघि नबढाइए कार्यालय घेराउ, कामकाज ठप्प र अनशनसम्म बस्ने चेतावनी दिइएका छन् ।
वर्षायाम नजिकिदा पनि खाँडोको निकासको समस्या समाधान हुन नसक्दा वर्षेनी हुने धनजनको क्षति यसपल्ट पनि दोहरिने चिन्ताले स्थानियवासी चिन्तित र आन्दोलित भएको गाउँपालिका अध्यक्ष सिंहको भनाई छ ।
ध्यानाकर्षण पत्र बुझ्दै आयोजना प्रमुख यादवले बजेटको अभावमा खाँडो नदी नियन्त्रणको काम रोकिएको जनाउँदै तत्कालै संघर्ष समितिले बुभाएको ध्यानाकर्षण पत्र सम्बन्धीत निकायमा पठाई आवश्यक गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ