News Category 2071/03/02
सप्तरीमा यसबर्ष आ“प उत्पादनमा कमी आएपछि मुल्य दोब्बर बढ्यो
दैनिक संवाददाता
राजविराज, १ असार ।
सप्तरीमा यसबर्ष आँपको उत्पादनमा कमी आएपछि मुल्य दोब्बर बढेको छ ।
आँपको राजधानी मानिने सप्तरी जिल्लामा यो बर्ष बढी आँप उत्पादन हुने बर्ष भएपनि आँप फल्नु भन्दा पहिले नै मजुरामा मधुवा किरा र हावाहुरीले क्षति पु¥याएपछि यसबर्ष आँप उत्पादन घट्ेको जिल्ला कृषि बिकास कार्यालय सप्तरीले जनाएको छ ।
यसबर्ष ५ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३ दशमलव ५ प्रतिशतका दरले १७ हजार ५ सय मेट्रिक टन मात्र आँप उत्पादन हुँदा आँपको मुल्य गतबर्षको भन्दा दोब्बरले बढेको छ ।
यसबर्ष अहिले सप्तरी सदरमुकाम राजविराज सहितका बजारहरुमा मालदह आँप प्रतिकिलो रु.७०, बम्बई आँप प्रतिकिलो रु. ६०, सरही आँप रु. ४०, अन्य आँप प्रतिकिलो रु. ४० मा बिक्री हुँदै आएको छ । जबकी गतबर्ष सप्तरीमा मालदह रु. ३०, बम्बई आँप प्रतिकिलो रु. २५ र अन्य आँपहरु रु. २० का दरले बिक्री भएको थियो ।
आँपको शुरुकै सिजनमा मुल्य बढेकोले अन्तिम समयसम्म आँपको मुल्य अझ बढ्न सक्ने स्थानिय ब्यापारीहरु बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मुल्यमा बेच्नु परेको ब्यापारीहरुको भनाई छ ।
गतबर्ष सप्तरीमा ५ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४ प्रतिशतका दरले २० हजार मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यसबर्ष आँप राम्रो फल्ने समय भएपनि हाबाहुरी, असिना पानी र मधुवा किराले क्षति पु¥याएपछि आँप उत्पादन घटेको जिल्ला कृषि बिकास कार्यालय सप्तरीका बागबानी अधिकृत सीताराम मण्डलले जानकारी दिनुभयो ।
आँपको राजधानी मानिने सप्तरीमा फल्ने आँप काठमाण्डौ, बिराटनगर, पोखरा, सहित मुलुकको बिभिन्न शहरका साथै भारत लगायतका अन्य छिमेकी मुलुकहरुमा निर्यात हुँदै आएका छन् ।
आँपको पकेट क्षेत्रको रुपमा पुर्व पश्चिम राजमार्गसँग टाँसिएको सप्तरीको कञ्चनपुर, रुपनगर, सितापुर, महुली, कल्याणपुर, कुशहा श्रीपुर, लोहजार, जण्डौल, हरिपुर लगायत रहेका छन् ।
आँपको घना बंगैचा रहेको सप्तरीको कल्याणपुर, धरमपुर, जण्डौल लगायतका क्षेत्रमा यसबर्ष बढी आँप बढी फलेको बागबानी अधिककृत मण्डलको कथन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ