News Category 2077/12/02
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको कंचनरुप नगरपालिकाको वडा नं. १ बैरवामा आदी महाकवी स्व. उदयानन्द अर्यालको स्मृती एवं सम्मानमा आगामी चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने भएको छ ।
उदयानन्द स्मृती प्रतिष्ठानले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनकै जन्मथलो बैरवामा पहिलो पटक बृहत साहित्यीक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
आयोजक उदयानन्द स्मृती प्रतिष्ठानका तर्फबाट गठित तयारी समितिका संयोजक भरतराज शर्माले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रममा नेपाली साहित्यका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने जानकारी दिएका छन् ।
आदि महाकवी स्व. अर्यालको स्मृतीलाई चिरस्थायी बनाउन, उनको व्यक्तित्व र कृतित्वलाई उजागर गर्न तथा कला साहित्य, संस्कृतीको जगेर्नामा टेवा पुर्याउने उद्देश्यले उक्त साहित्यीक कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाई छ ।
बि.स. १८१२ मा सप्तरीको बैरवामा जन्मनु भएका आदि महाकवी स्व. अर्यालको बि.स.१८९४ मा निधन भएको थियो । उनको नेपाली भाषामा लेखिएको पहिलो महाकाब्य पृथ्वीन्द्रोदय, बेताल पच्चिसि खण्डकाब्य, फुटकर कविता लगायतका विभिन्न रचना प्रकाशित भएका छन् भने २०६४ सालमा नेपाल सरकारले उनको स्मृतीमा १ र ५ रुँपैया दरको हुलाक टिकट समेत प्रयोगमा ल्याएको छ ।
साहित्यकार एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानकी सरिता अर्याल, बिनोद पोखरेल, मिडिया काउन्सील प्रदेश २ का अध्यक्ष शिवहरी भटराई, प्रेस काउन्सीलका पूर्व सदस्य अनिल कुमार अनल, महासंघका पूर्वसभापति प्रकाश खतिवडा लगायतले पनि साहित्यीक कार्यक्रम र स्व. अर्यालको योगदान बारे प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ