News Category 2077/12/02
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको कंचनरुप नगरपालिकाको वडा नं. १ बैरवामा आदी महाकवी स्व. उदयानन्द अर्यालको स्मृती एवं सम्मानमा आगामी चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने भएको छ ।
उदयानन्द स्मृती प्रतिष्ठानले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनकै जन्मथलो बैरवामा पहिलो पटक बृहत साहित्यीक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
आयोजक उदयानन्द स्मृती प्रतिष्ठानका तर्फबाट गठित तयारी समितिका संयोजक भरतराज शर्माले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रममा नेपाली साहित्यका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने जानकारी दिएका छन् ।
आदि महाकवी स्व. अर्यालको स्मृतीलाई चिरस्थायी बनाउन, उनको व्यक्तित्व र कृतित्वलाई उजागर गर्न तथा कला साहित्य, संस्कृतीको जगेर्नामा टेवा पुर्याउने उद्देश्यले उक्त साहित्यीक कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाई छ ।
बि.स. १८१२ मा सप्तरीको बैरवामा जन्मनु भएका आदि महाकवी स्व. अर्यालको बि.स.१८९४ मा निधन भएको थियो । उनको नेपाली भाषामा लेखिएको पहिलो महाकाब्य पृथ्वीन्द्रोदय, बेताल पच्चिसि खण्डकाब्य, फुटकर कविता लगायतका विभिन्न रचना प्रकाशित भएका छन् भने २०६४ सालमा नेपाल सरकारले उनको स्मृतीमा १ र ५ रुँपैया दरको हुलाक टिकट समेत प्रयोगमा ल्याएको छ ।
साहित्यकार एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानकी सरिता अर्याल, बिनोद पोखरेल, मिडिया काउन्सील प्रदेश २ का अध्यक्ष शिवहरी भटराई, प्रेस काउन्सीलका पूर्व सदस्य अनिल कुमार अनल, महासंघका पूर्वसभापति प्रकाश खतिवडा लगायतले पनि साहित्यीक कार्यक्रम र स्व. अर्यालको योगदान बारे प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ