News Category 2077/12/04
एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
सप्तरी क्रिकेट संघको आयोजनामा हुन गईरहेको सप्तरी प्रिमियर लिग मेयर कप (एसपियल) प्रतियोगिताका लागी अक्सनबाट खेलाडीहरू छनौट गरिएको छ ।
बुधवार राजबिराजमा सप्तरी क्रिकेट संघद्वारा आयोजित अक्सन (खेलाडी खरिद बिक्री) बाट टिमका ब्यबस्थापकहरूले १५/१५ राष्ट्रिय तथा स्थानिय क्रिकेटर खेलाडीहरू सम्मिलित टिम चयन गरेको छ ।
चैत ८ गतेदेखि राजबिराजस्थि राजरंगशालामा हुन गईरहेको मेयर कप प्रतियोगितामा रुपनी राइडर्स, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स, टिभिएस किंगस राजबिराज र बोदेबरसाईन थन्डर्स टिमले सहभागिता जनाइरहेका छन् ।
सो अक्सनबाट टिमका खेलाडीहरूमा तिलाठी कोईलाडीमा नेपाल क्रिकेट टोलीका उपकप्तान दिपेनसिँह ऐरी, नेपाली क्रिकेट टोली सिनियर टिमका सदस्य राशिद खान, पुर्व यु १६ नेपाली टोलीका सदस्य रोहन बिक, नेपाल पुलिस टिमका चित्र बहादुर बिष्ट, दिपेश कडेल, संतोष कार्की सहित स्थानिय खेलाडी दिपेश सरदार, साकेत सिँह, युवराज मण्डल, अमित मण्डल, मनिष, मण्डल, आशिष झा, नितेश यादब, आदिल अंसारी, अजय मरिक छनौटमा परेका छन् ।
त्यस्तै बोदेबरसाईन थन्डरस टोलीमा नेपाली क्रिकेट टोलीका सदस्य वसन्त रेग्मी, पुर्व टोली सदस्य सिधान्त लोहनी, पुलिस टिमका योगेन्द्र कार्की, अभिनाष कर्ण, विशाल सुश्लिँग, नारायण जोशी, स्थानिय राहुल मण्डल, पपु यादब, बिकास दास, राजिव यादव, आकाश यादब, अमन यादब, मोहम्मद सकिम, अहसन जमाल, विशाल यादब रहेका छन् ।
रूपनी राईडर्समा राष्ट्रिय खेलाडी कुशल भुर्देल, सुनिल धमला, लोकेश बम, फिर्दाेस अंसारी, सुमित झा, अमित यादब, अनुज यादब, अनिल यादब, रेबती यादब, निरज मुखिया, भोला साह, प्रभु नारायण यादब, बिकी चौधरी, असोक मेहता, बालकृष्ण यादब परेका छन ।
त्यसैगरि बजाज खडक वारियर्सतर्फ राष्ट्रिय खेलाडी पवन सराफ, बिवेक यादब, मुकुन्द यादब, अनिल खरेल, नेपाल पुलिस गुलसन झा, स्थानियमा पपु यादब, राज बर्मा, अभिषेक कार्की, गोमानन्द अमात्य, निरज यादब, प्रशान्त राय, अनिल साह, नवीन मण्डल, अजय यादब र भिम यादब समावेश भएका छन् ।
त्यस्तै टिभिएस किंग राजबिराजको टोलीमा किर्तिमानी खेलाडी महबुव आलम, नेपाल क्रिकेट टोलीका सदस्य मोहम्मद आशिफ शेख, सोनु तमाङ, सोनु अंसारी, रूपेश सिँह, कमल खत्री, रोहित सिँह, रोबिन सिँह, एकवाल हुसेन, प्रशान्त सिँह, सुर्दशन सिँह, बिवेक यादब, अमल दास, प्रशान्त साह, संजित साहलाई छनोट गरिएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् ।
उक्त अक्सनमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष तथा राजबिराज नगरपालिका पुर्व मेयर शैलेश चौधरी, प्रदेश क्रिकेट संघका सचिव तथा सप्तरी अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, कोषाध्यक्ष तुलानाथ माझी, पुर्व राष्ट्रिय खेलाडी पवन दास, अम्पायर संघका अध्यक्ष निरज सिंह, क्रिकेट संघका सदस्य रोशन मण्डल, जगरनाथ साह, मनोज साह, डम्वर नारायण दास, अफिसिल उज्जवल यादब, राहुल सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ