News Category 2077/12/10
तस्करी गरि भारततर्फ लैजादै गरेको १ हजार ४ सय बोतल मदिरा बरामद
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
अवैध रुपमा भारततर्फ चोरी निकासी गरि लैजादै गरेको १ हजार ४ सय बोतल मदिरा प्रहरीले बरामद गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ स्थित तरही भन्ने स्थानमा आइतबार राती १२ बजेतिर केही तस्करले चोर बाटो हुँदै भारततर्फ लैजादै गरेको उक्त मदिरा प्रहरीले. बरामद गरेको हो ।
मदिरा तस्करी गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पातोबाट खटेको प्रहरी टोलीले १६ वटा बोरामा प्याक गरि लैजादै गरेको ४८ कार्टुन गौरब र कस्तुरी नामक मदिरा बरामद गरेको हो ।
भारतको बिहार राज्यमा प्रतिबन्धित उक्त मदिरा जफत गरि सोमबार बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।
प्रहरीलाई देखेपछि तस्करहरु भने फरार भएको र खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ