News Category 2077/12/10
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समुह लगायत सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा सोमबार जनयुद्धका क्रममा सहिद भएका बेद प्रसाद भट्टराई (बादल) को शालिक अनावरण गर्दै पुर्वमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
उनले जसपा लगायतका मधेश केन्द्रीत दलहरुले उठाएका मागहरुलाई सकारात्मक रुपमा लिएर अघि बढ्न आफ्नो पार्टी तयार रहेको जिकिर गरे । माओवादी, काँग्रेस र जसपा तीनै दल मिलेर सरकार बनाउनु अहिलेको आवश्यकता रहेकाले भन्दै उनले काँग्रेस र जसपा पनि त्यसका लागि तयार हुनुपर्नेमा जोड दिए ।
सहिदहरुको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्ने षडयन्त्रप्रति पार्टी सचेत रहेको बताउँदै पुर्वमन्त्री पोखरेलले सहिदहरुलाई सम्झिने र सहिद परिवारलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री विश्वनाथ साहले मुलुकमा प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्न देशी विदेशी शक्तिहरुबाट ठुलो चलखेल भईरहेको आरोप लगाए ।
नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा आयोजित शालिक अनावरण कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्ण, सुरुङ्गा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, नेकपा माओवादी केन्द्रका नेता असर्फी सदा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्वसभापति प्रकाश खतिवडा लगायतले बोलेका थिए ।
सो अवसरमा जनयुद्धका क्रममा सहिद भएका र बेपता परिवारलाई दोसल्ला ओढाएर पुर्वमन्त्री पोखरेलले सम्मान समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ