News Category 2077/12/10
भारतीय बजारबाट लागुऔषध बोकेर आउँदै गरेका यूवक पक्राउ

दैनिक समाचारदाता
राजविराज, १० चैत ।
प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले मंगलबार दिउँसो एक यूवकलाई पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित जिल्लाको कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो ।
भारतीय बजार कुनौलीबाट दिउँसो ३ बजेतिर पैदल आइरहेका सरदारमाथी शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३५/३५ थानको दरले फेनारगन, डाइजेपाम र लिजेसिक लगायतका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल बोर्ड आउटपोष्ट खाँडोका प्रहरी सहायक निरिक्षक रामनारायण महतोको कमान्डमा खटिएको टोलीद्वारा पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ