News Category 2077/12/10
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १० चैत ।
बैकिङ कसुर (चेक बाउन्स) मुद्दामा जरिवाना र कैद सजाय फैसला भए लगत्तै फरार भएका एक अभियुक्तलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णसबरण गाउँपालिका वडा नं. ५ निवासी ३३ वर्षिय प्रशान्त कुमार चौधरी छन् ।
उच्च अदालत बिराटनगर मोरङ संयुक्त बाणिज्य ईजलासको बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा २०७७ साल पुस १३ गते चौधरीलाई ६० लाख ७५ हजार जरिबाना र १४ दिन कैद सजाय फैसला सुनाएको थियो ।
गोप्य सुचनाको आधारमा प्रहरी टोलीले चौधरीलाई घरबाटै पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराएर कैद र जरिवाना भुक्तानका लागी राजविराज कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियान अन्तर्गत उनलाई पक्राउ गर्न सफल भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ