News Category 2077/12/11

मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 

दैनिक समाचारदाता

मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 

दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
    मानव बेचबिखन ओसारपोसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि साढे तीन वर्षदेखी फरार रहेका एक प्रतिवादी बुधबार पक्राउ परेका छन् । 
    पक्राउ पर्नेमा सप्तरीको साविक बथनाहा गाबिस वडा नं. २ हाल महादेवा गाउँपालिका वडा नं. ३ बस्ने ३९ वर्षिय मिथलेश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार पक्राउ परेका यादव मानव बेचबिखन ओसार पोसार मुद्दामा सप्तरी जिल्ला अदालतको २०७४ असोज २५ गतेको फैसला अनुसार ५ बर्ष कैद सजाय पाई फरार रहेका थिए । 
    ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै बुधबार पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागी राजविराज कारागार पठाएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट