News Category 2077/12/11
शनिदेव मन्दिरमा नवौं पटक चोरी
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
राजविराज ७ स्थित शनिदेव मन्दिरमा मंगलबार राती चोरी भएको छ । योसँगै यस मन्दिरमा नवौं पटक चोरी भएको हो ।
मंगलबार राती चोरले मन्दिरको ढोका फोडेर दान पेटिकामा रहेको करिब ९ हजार रुँपैया चोरी गरेको मन्दिरका मूल पुजारी रामनाथ शर्माले जानकारी दिएका छन् । यसअघि पनि पटक पटक गरि उक्त मन्दिरमा ८ पटक चोरी हुँदा समेत चोर पक्राउ नपरेको उनले बताएका छन् ।
पूजापाठ सकाएर राती घर गएका मूल पूजारी शर्माले बुधबार बिहान आउँदा मन्दिरको ताला र दान पेटिका फुटाएर चोरी भएको थाहा पाएका थिए ।
पछिल्लो पटक सात महिना अघि पनि मन्दिरको ताला फुटाएर चाँदीको मुकुट, सिक्रि लगायतका गरगहाना र दान पेटिका समेत चोरले लिएर गएका थिए । मन्दिरको छेउमै रहेको पसलको सिसि क्यामरामार्फत चोरको पहिचान भएपनि हालसम्म पक्राउ नपरेकोले चोरको मनोबल बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम झाको भनाई छ ।
हाल सिसि क्यामरा समेत बिग्रेको अवस्थामा चोरले दान पेटिकाको रकम लिएर गएकाले पत्ता लगाउन झनै कठिन भएको छ । चयता ोरी घटना बारे खबर पाएपछि पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ