News Category 2077/12/12
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
दैनिक समाचारदाता
राजबिराज, १२ चैत ।
कोरोनाको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य मापदण्ड अनिर्वाय पालना गर्न तथा होली पर्व घर भित्रै मनाउन आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमण पुन: दोहरिने सम्भावना उच्च रहेको भन्दै साबधानी अपनाउन तथा बजारमा भिडभाड नगरी घरमै सिमित भएर होली पर्व मनाउन एक सुचना मार्फत जिल्ला प्रशासन कार्यलाय सप्तरीले सबै संग आग्रह गरेको हो ।
भारतमा केही दिन यता कोरोनाको दोस्रो लहर तिब्रगतिमा बढेको र नेपालमा समेत संक्रमण पुष्टी हुनेको संख्या बढदै गएकाले होली पर्व घरमै मनाउन तथा अन्य साबधानी अपनाउन सुचना मार्फत सबैमा अपिल गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले जानकारी दिएका छन् ।
संक्रमणको अवस्था बढेमा लकडाउन गर्नु पर्ने अवस्था आउन सक्ने भन्दै उनले होली मनाउदाँ भिडभाड र भेला नभई घर परिवारमा सिमित भई मनाउन सबैलाई आग्रह गरिएको बताए ।
यस्तै भिडभाड हुने गरी कुनै किसिमको मेला, महोत्सव, जात्रा, सांस्कृतिक कार्यक्रम लगायतको काम नगर्न गराउन पनि जिल्ला प्रशासन कार्यालायले अनुरोध गरेको छ ।
होलीमा लोला हान्ने, जबजस्ती रंग हाल्ने, मादक पर्दाथ सेवन गरी हो हल्ला गर्ने लगायतका बिकृत गतिबिधि नगर्न समेत सबैलाई सचेत गराइएको छ ।
कोरोनाको बढदो जोखिमलाई ध्यानमा राखी प्रमुख जिल्ला अधिकारी पोखरेलको अध्यक्षतामा बसेको कोभिड संकट व्यबस्थापन समितीको बैठकले गरेको सो निर्णय पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही हुने समेत सुचना मार्फत जानकारी गराइएको छ ।
जिल्लामा हाल सम्म १ हजार ८ सय ३० जना कोरोना संक्रमित रहेकोमा ४१ जनाको ज्यान गएको छ भने १ हजार ७ सय ८९ जना निको भई घर फर्कि सकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ