News Category 2071/03/03
वेगवानी दम्पत्तिको हत्यामा संलग्न दुई जना सार्वजनिक
दैनिक संवाददाता
राजविराज, २ असार ।
सप्तरीको हनुमाननगरमा जेठ २२ गते राती हत्या गरिएका कपडा ब्यापारी वेगवानी दम्पत्तिको हत्यामा संलग्न दुई जनालाई सोमबार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला श्रीपुर जब्दी गाविस ७ निवासी ३५ वर्षिय मोहम्मद हैदर अली र सोही ठाउँ निवासी २४ वर्षिय मोहम्मद कैयुम मियाँलाई वेगवानी दम्पत्तिको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ गरि सार्वजनिक गरिएकाहरुबाट १३९ ग्राम विभिन्न सुनका गहनाहरु, १० किलो चाँदीका गहनाहरु, एक थान कटुवा पेस्तोल, दुई थान गोली, हत्यामा प्रयोग गरिएको पिलास, रड, बन्चरो, पेचकस, रिन्च, एनाईसथेटिक ईथर, दुई थान अनटेस्ट मोटरसाइकल, दुई थान मोबाइल बरामद गरिएको छ ।
सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले सार्वजनिक गरेका बाहेक अन्य पाँच जनाको हत्यामा संलग्नता रहेको जानकारी दिनुहुँदै ती सबैलाई चाँडै नै पक्राउ गरिने बताउनुभयो ।
यसरी अन्य अभियुक्तहरुमा सुनसरीको हरिपुर ७ भण्टाबारी निवासी २३ वर्षिय सलिम भनिने अलाउद्दिन मियाँ, श्रीपुर ७ खुरयाई निवासी २४ वर्षिय सबविर मियाँ, भण्टाबारी निवासी २५ वर्षिय ईनरदेव कामत, सप्तरीको भारदह निवासी ३५ वर्षि बब्लु मण्डल र सप्तरी निवासी नाम नखुलेको २४ वर्षिय व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
वेगवानी दम्पत्तिको हत्यापछि गरगहना लुटपाट गरि ती व्यक्तिहरुले सुनसरीको इनरुवा नगरपालिका १ निवासी हाल लौकही गाविसमा पुष्पाञ्जली ज्वेलर्सका पसल धनी सुबोध स्वर्णकारलाई बिक्रि गरेको प्रहरी उपरिक्षक अमात्यले जानकारी दिनुभयो ।
गत जेठ २२ गते राति सप्तरीको हनुमाननगर ५ निवासी ५५ वर्षिय प्रेमसुख वेगवानी र निजकी ५२ वर्षिया श्रीमती सरोजदेवी वेगवानीको घरमा सुतिरहेको अवस्थामा घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।
व्यापारी वेगवानीको कपडा व्यवसायी बाहेक गरगहनाहरु बन्धक राखि रकम दिने कार्य समेत रहेको स्थानियहरुले बताएका छन् ।
यसैबीच घटनाको बिरोधमा गठित संघर्ष समितिका संयोजक हेमन्त जैनले सोमबारदेखी सम्पूर्ण आन्दोलनका कार्यक्रम समाप्त भएको जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ