News Category 2077/12/13
सामाजिक विकास मन्त्री साहद्वारा ज्येष्ठ नागरिक सम्मानित
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
प्रदेश २ का सामाजिक विकास मन्त्री मन्त्री नवल किशोर साहले शुक्रबार एक कार्यक्रमबीच राजविराजमा पाँच दर्जन बढी ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् ।
सामाजिक विकास मन्त्रालयद्वारा आयोजित “ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभव अन्तरपुस्तामा हस्तान्तरण” कार्यक्रममा सो सम्मान गरिएको हो ।
कार्यक्रममा सहभागि मध्ये कतिपय बृद्धबृद्धा असशक्ताका कारण मञ्चमा पुग्न नसक्दा मन्त्री साह उनीहरु बसेकै स्थानमा पुगि दोसल्ला ओढाएर सम्मान गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले ज्येष्ठ नागरिक समाजमा जिउँदा इतिहास र अनुभवका खानी भएकाले उनीहरुबाट वर्तमान र भावी पुस्ताले धेरै कुरा सिक्नु पर्ने बताए । उनीहरुलाई सधै सम्मान गर्दै जाने र यसका लागि प्रदेश सरकारको बजेट तथा नीति कार्यक्रममा पनि थप सम्मान हुने खालका विभिन्न योजना समावेश गरेको जानकारी दिए ।
मन्त्री साहले ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।
सोही कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख देवकुमारी खत्रीले ज्येष्ठ नागरिकप्रति घर, समाज तथा राष्ट्रबाटै सम्मानजनक व्यवहार गरिनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपाका केन्द्रिय सदस्य पुनम यादव, केअमावीका प्रअ दिनेश यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, जसपा सप्तरीका अध्यक्ष सुनिल झा, पूर्वसांसद नागेन्द्र झा, ज्येष्ठ नागरिक काशीनाथ जोशी लगायतले पनि बोल्दै ज्येष्ठ नागरिकमा भएको अनुभव र ज्ञानबाट शिक्षा लिँदै भावी पुस्ता अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ