News Category 2077/12/13
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
एक महिलामाथि एक चिकित्सकले आपत्तिजनक व्यवहार गरेको भन्दै अनुसन्धानका लागि चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालका चिकित्सक डा. राजन जयसवालले भान्जीको उपचारका लागि आएकी ती महिलामाथी आपत्तिजनक व्यवहार गरेको आरोप लगाइएको छ ।
सो घटनाका कारण शुक्रबार अस्पताल दिनभर तनावग्रस्त बनेको थियो । तनाव बढ्दै जाँदा आरोपित चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
पीडित पक्षको उजुरीको आधारमा सो अस्पतालका बाल रोग विशेषज्ञ डा. जयसवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी ३२ बर्षीया पीडित महिलाले सोही अस्पतालमा दुई दिन अघि जन्मिएकी भान्जीलाई चेकजाचको क्रममा बन्द कोठाभित्र डा. जयसवालले आफूमाथी यौनदुव्र्यहार गरेको आरोप लगाएकी छिन् ।
पतिलाई पूर्जा लेख्दै औषधी लिन बाहिर पठाएर जाँच्ने कोठामा आफ्नो भित्रि बस्त्र खोल्न लगाएर यौन दुव्र्यबहार गरेको पीडित महिलाले बताइन् । उक्त कार्यको प्रतिवाद गर्दै हल्ला गरेपछि जम्मा भएको भीडले चिकित्सकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पीडित महिलाका पतिले बताएका छन् ।
यसैबीच बिरामीको कुरुवालाई अभद्र व्यबहार गरेको गुनासो आएपछि शुक्रबारै अस्पताल व्यवस्थापन समितिले एक प्रेस बिज्ञप्ती मार्फत् चिकित्सक जयसवाललाई निलम्बन गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ