News Category 2077/12/13
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
एक महिलामाथि एक चिकित्सकले आपत्तिजनक व्यवहार गरेको भन्दै अनुसन्धानका लागि चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालका चिकित्सक डा. राजन जयसवालले भान्जीको उपचारका लागि आएकी ती महिलामाथी आपत्तिजनक व्यवहार गरेको आरोप लगाइएको छ ।
सो घटनाका कारण शुक्रबार अस्पताल दिनभर तनावग्रस्त बनेको थियो । तनाव बढ्दै जाँदा आरोपित चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
पीडित पक्षको उजुरीको आधारमा सो अस्पतालका बाल रोग विशेषज्ञ डा. जयसवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी ३२ बर्षीया पीडित महिलाले सोही अस्पतालमा दुई दिन अघि जन्मिएकी भान्जीलाई चेकजाचको क्रममा बन्द कोठाभित्र डा. जयसवालले आफूमाथी यौनदुव्र्यहार गरेको आरोप लगाएकी छिन् ।
पतिलाई पूर्जा लेख्दै औषधी लिन बाहिर पठाएर जाँच्ने कोठामा आफ्नो भित्रि बस्त्र खोल्न लगाएर यौन दुव्र्यबहार गरेको पीडित महिलाले बताइन् । उक्त कार्यको प्रतिवाद गर्दै हल्ला गरेपछि जम्मा भएको भीडले चिकित्सकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पीडित महिलाका पतिले बताएका छन् ।
यसैबीच बिरामीको कुरुवालाई अभद्र व्यबहार गरेको गुनासो आएपछि शुक्रबारै अस्पताल व्यवस्थापन समितिले एक प्रेस बिज्ञप्ती मार्फत् चिकित्सक जयसवाललाई निलम्बन गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ