News Category 2071/03/04
बयान फेरेपछि पीडित नै थुनामा
दैनिक संवाददाता
राजविराज, ३ जेठ ।
बलात्कारको उजुरी दिएकी एक महिला नै सोमबार थुनामा परेकी छिन् ।
अदालतमा बयान फेरेको आधारमा पीडित र उजुरीकर्ता उनकी आमालाई झुठो उजुरी दिएको आरोपमा जिल्ला अदालत सप्तरीले एक महिना कैद र रु. दुई हजार जरिवाना गरेको अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका सप्तरीको भंगहा गाविस ४ का २२ वर्षीय रमेश कुमार चौधरी र २३ वर्षीय सुनिल कुमार चौधरी धरौटीमा रिहा भएका छन् भने पीडित महिला आफै थुनामा परेकी हुन् ।
अदालतमा पीडित महिलाले आफूलाई ३÷४ जना युवकले समाती एक जनाले बलात्कार गरेको बताए पनि अदालतमा आरोपितहरुलाई नचिनेको भन्दै बयान फेरेपछि आरोपितहरुले अभियोग दाबीबाट सफाइ पाएको अदालतले जनाएको छ ।
पीडितले भंगहा गाविस ५ सबैयास्थित नर्सरी वनमा दाउरा लिन गएको बेला गत वैशाख १७ गते विहान आरोपितहरुले हात गोडा समाति मुख थुनी सो मध्ये रमेशले बलात्कार गरेको बताएकी थिइन् ।
घटनास्थलबाट अचेत अवस्थामा भेटिएकी पीडितको उद्धार गरी प्रहरीले उपचारार्थ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज भर्ना गराएको थियो ।
पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी उजुरीका आधारमा गत वैशाख १७ गते आरोपितहरुलाई पक्राउ गरी प्रहरीले वैशाख १९ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
श्रेस्तेदार दुलालले अदालतमा निरन्तर सुनवाइ भएकाले यो मुद्दा अदालतमा दर्ता भएको २२ औं दिनमै फैसला भएको जानकारी दिनुभयो ।
जिल्ला न्यायाधीश कमल प्रसाद पोखरेलको आदेशमा आरोपितहरुमध्ये रमेश जेठ १२ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा थिए भने सुनिल रु. २० हजार धरौटी राखेर पुर्पक्षमा थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ